१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवाको रोजाइमा च्याउखेती

अ+ अ-

तानसेन । पाल्पामा विदेशबाट फर्केका युवाको च्याउखेतीमा आकर्षण बढ्न थालेको छ । युवाहरुले निस्दी गाउँपालिका वडा नं ५ गेझा, ढुङ्गानाबेँसी, वेलडाँडामा विभिन्न च्याउ फार्म सञ्चालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।

निस्दी गेझाका पूर्णबहादुर पचभैंयाले च्याउ बिक्रीबाटै एक मौसममा करीब रु चारदेखि ५ लाख आम्दानी गर्दै आएको बताए । विसं २०६९ देखि कृषिमा लागेका पचभैंयाले केही वर्ष टमाटर, काउली बन्दालगायतका तरकारीखेती गरे पनि अहिले पछिल्लो समय यी तरकारी बिक्रीका लागि बजारको समस्या भएपछि च्याउखेती गरेको सुनाए । उनले अहिले फार्ममा १० हजार गोला भएको र दैनिक उत्पादन भए बिक्रीमा सजिलो हुने बताए ।

उनले अरु तरकारी खेतीभन्दा च्याउखेती गर्न र बिक्रीका लागि समेत सहज भएकाले च्याउखेती गरेको जानकारी दिए । शुरुमा गाउँका सात युवा मिलेर थालेको च्याउखेती अहिले तीन युवाले धानेको उनी बताउछन् । गाउँमा तीन युवाले छुट्टाछुट्टै च्याउ फार्म सञ्चालन गरे पनि बिक्री तथा पराल खरीदलगायतका काममा भने सधैँ सहकार्य भएको पचभैंयाको भनाइ छ । पाल्पामा च्याउको बजारसमेत राम्रो रहेकाले कन्य र सिताके च्याउखेती गर्दै आएको उनले बताए ।

करीब एक दर्जनको हाराहारीमा पाल्पामा व्यावसायिक तवरले कृषकले च्याउखेती गर्दै आएका छन् । बजारमा रु २०० देखि ७०० प्रतिकिलोमा बिक्री हुने च्याउ गल्धा गेझाका पचभैंयाले मोटरसाइकलमा बिक्रीका लागि निस्दी, रामपुरलगायत जिल्लाका विभिन्न ठाउँ, स्याङ्जा, तनहुँ र नवलपुरसम्म पुर्‍याउछन् । निस्दीमा निस्दी किनारा कृषि फार्म सञ्चालन गरेका उनले एक दिनमा एक क्विन्टलभन्दा धेरै च्याउ बिक्री हुने जानकारी दिए ।

उनका अनुसार प्रायः जाडो महिनामा मात्र गरिने च्याउखेती यसवर्षदेखि गर्मीमा पनि गर्ने सोच रहेको बताए । जिल्लाका रामपुर नगरपालिका, तानसेन नगरपालिका, निस्दी, तिनाउ, रिब्दीकोट गाउँपालिकालगायतका क्षेत्रमा व्यावसायिकरूपमा युवाले च्याउखेती गर्दै आएका कृषि ज्ञान केन्द्रले जनाएको छ ।

रिब्दीकोट गाउँपालिकामा १६ युवाले मिलेर च्याउखेती गरेका छन् । निस्दीमा रहेका सारु फार्म, धर्तीमाता कृषि फार्मलगायतका फार्ममा अहिले च्याउखेतीसम्बन्धी सीप सिक्न, च्याउ खरीद गर्न नागरिक पुग्ने गरेका सञ्चालकको भनाइ छ ।

पाल्पाका शेरबहादुर सोतीलाई पनि यतिबेला च्याउ बिक्रीमा भ्याइनभ्याई भएको छ । विभिन्न मौसमी बेमौसमी तरकारी खेतीसँगै च्याउखेती थालेका सोतीले च्याउ बिक्रीबाटै वर्षमा रु चार लाख कमाउने बताए । ‘वहराइनमा दुई वर्ष काम गरेर दुःख पाएँ, कमाइ राम्रो भएन, अब कहिल्यै विदेश नजाने गरी तरकारी खेतीमा लागेको आठ वर्ष भयो’, उनले भने, ‘सीप सिकेर काम गरे विदेश नै जानुपर्छ भन्ने आवश्यक छैन ।’

रामपुरका बलबहादुर रानाले पनि विगत छ वर्षदेखि च्याउखेती गर्दै आएका छन् । विदेशबाट फर्केपछि च्याउखेती थालेका रानाले वेझाडमा च्याउगोठमा च्याउ उत्पादन गरी बिक्री वितरण गर्दै आएको बताए । १ हजार २०० गोला राखेका रानाले प्रायः होलसेलमा रामपुरका बजारमा च्याउ बिक्री गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस