२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बजारः नेप्सेमा झिनो गिरावट

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ०.२७ अंकले घटेर १ हजार ३०५.८८ मा थामिएको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४९ अंकले घटेर २७८.१९ मा पुगेर रोकिएको छ ।

आज कुल १७६ कम्पनीका २८ लाख ७८ हजार ४५२ कित्ता शेयर रु एक अर्ब २९ करोड ३७ लाख ११ हजार ३८३ मा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ मध्ये चार उपसमूहको शेयरमात्र बढेको छ । आज सबैभन्दा बढी निर्जीवन बीमाको शेयर ९७.१९ अंकले वृद्धि भएको छ । यस्तै वित्त ९०.९५, होटल १६.१६ र व्यापार उपसमूहको शेयर १६.३ अंकले बढेको छ ।

स्टकका अनुसार आज सबैभन्दा बढी जीवन बीमा उपसमूहको शेयर ३२.८७ अंकले ओरालो लागेको छ । यस्तै उत्पादन १२.४५, बैंकिङ ७.९६, जलविद्युत् ७.१३, विकास बैंक ५.२३, वित्त २.२२, अन्य १.९९ र सामूहिक लगानी कोषको शेयर ०.१४ अंकले घटेको छ ।

कारोबार रकमका आधारमा नेडेप लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ६ करोड ३८ लाख ७६ हजार ३७३ मा खरिदबिक्री भयो । यस्तै शिखर इन्स्योरेन्सको रु ६ करोड २२ लाख ३९ हजार १९९, छिमेकी लघुवित्त विकास बैंकको रु ५ करोड ६५ लाख ४३ हजार २६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु ४ करोड ९० लाख ७४ हजार ७९ र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शेयर रु ४ करोड ३० लाख ८० हजार ७४९ मा खरिदबिक्री भई शीर्ष स्थानमा रह्यो ।

आज सबैभन्दा बढी नेडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९६ प्रतिशतले कमाए । यसैगरी नेरुडे लघुवित्त विकास बैंक ९.१५, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ८.६६, गुराँस लघुवित्त वित्तीय संस्था ८.३६, आरएमडिसी लघुवित्त वित्तीय संस्था ८.३२, आइएमई जनरल इन्स्योरेन्स ८.०६ र मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.७९ प्रतिशतले कमाए ।

प्रोग्रेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले ५.५० प्रतिशतले गुमाउँदा नेपाल हाइड्रो डेभलपर्स ४.५८, सांग्रिला डेभलपमेन्ट बैंक, नेशनल हाइड्रोपावर कम्पनी र समृद्धि फाइनान्स कम्पनीका शेयरधनीले समान ३.७० प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस