काठमाडौँ । कोरोना भाइरसले महामारीको रूप लिएको कोरोना भाइरस भित्रिने डरले रसुवागढी नाका १५ दिनका लागि बन्द गरिएको छ । कुनै पनि सवारीसाधन र मानिसलाई नेपाल–चीन आउजाउ गर्न रोकिएको हो ।
रसुवागढीमा दुवै देशका प्रहरी र अध्यागमन कार्यालयका प्रतिनिधिबीच मंगलबार बसेको बैठकले बुधबारदेखि १५ दिन बन्द गर्ने निर्णय गरेको एक अधिकारीले बताएका छन् ।
प्रवेश पास भएका स्थानीयलाई नाकाआसपासका पसलसम्म किनमेलका लागि जान भने छुट दिइएको भएपनि अन्यलाई भने रोक लगाइएको हो ।