उहाँहरुले मलाई कुनै पनि नराम्रो व्यवहार गर्नुभएन : आस्था राउत « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

उहाँहरुले मलाई कुनै पनि नराम्रो व्यवहार गर्नुभएन : आस्था राउत


१४ माघ २०७६, मंगलबार


काठमाडौं । धरौटीमा रिहा भएपछि गायिका आस्था राउतले प्रहरीको प्रशंसा गरेकी छन् । हिरासतमा आफूलाई प्रहरीबाट निकै सहज र राम्रो व्यवहार भएको उनले बताइन् ।

आस्थाले उपस्थित सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रहरीप्रतिको आफ्नो गलत बुझाइ दुई दिनमा फेरिएको समेत बताइन् ।

‘मैले प्रहरीलाई जुन रुपमा बुझेकी थिएँ, त्यो होइन रहेछ । प्रहरी साँच्चै जनताको साथी रहेको अनुभूति भयो । गल्ति मबाटै भएको थियो । उहाँहरुले मलाई कुनै पनि नराम्रो व्यवहार गर्नुभएन,’ आस्थाले भनिन् ।

उनले यो घटना सबैका लागि पाठ भएको समेत बताइन् । ४ हजार रुपैयाँ धरौटीमा छुटेकी आस्थाले अब १४ फागुनमा सीडीओ कार्यालयमा हाजिर हुनुपर्ने छ । उनले प्रहरीलाई आफ्नोतर्फबाट पूर्ण सहयोग गर्ने बताएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस