लागू औषधसहित प्रहरी पक्राउ « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

लागू औषधसहित प्रहरी पक्राउ


१३ माघ २०७६, सोमबार


काठमाडौँ । प्रतिबन्धित लागू औषधसहित प्रहरी जवान पक्राउ परेका छन् ।

कारागार सुरक्षा गार्ड झापा दरबन्दी भई दंगा नियन्त्रण प्रहरी गण दुहबी सुनसरीमा कार्यरत २३ वर्षीय सरोज गिरीलाई विराटनगर महानगरपालिका–१५ स्थित विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाँटबाट पक्राउ गरिएको हो ।

भारतको जोगवनी बजारबाट लागू औषध लिएर पैदल आउँदै गरेको अवस्थामा लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले चेक जाँच गर्दा उनले लगाएको ज्याकेटको गोजीमा लागू औषध फेला पारेको थियो। उनको साथबाट एक सय ४४ ट्याब्लेट स्पास्मोप्रोक्सिभन नामक लागू औषध बरामद भएको हो ।

उनकाअनुसार गिरी विरुद्ध लागु औषध ऐन अन्तर्गतको मुद्दा चलाउन सोमबार जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान थालिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस