प्रधानमन्त्रीद्वारा सीमा नियमन प्रणाली शुभारम्भ « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

प्रधानमन्त्रीद्वारा सीमा नियमन प्रणाली शुभारम्भ


१३ माघ २०७६, सोमबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यागमन व्यवस्थापन तथा सीमा नियमन प्रणालीको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट सोमबार प्रधानमन्त्री ओलीले ‘नेपाली पोर्ट’ नामक प्रणालीको शुभारम्भ गरेका हुन् ।

अध्यागमनको सूचनाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपालमै उपलब्ध विज्ञ र विभागका प्राविधिकहरुको टोलीले १ वर्ष लगाएर ‘नेपाली पोर्ट’ नामक प्रणालीको विकास गरेका हुन् । उक्त प्रणालीको विकाससँगै नेपाली भिसाको दुरुपयोग तथा राजस्व चुहावटको सम्भावना अन्त्य हुने विश्वास अध्यागमन विभागले लिएको छ ।

प्रणालीमा नेपाल प्रवेश गर्ने र बाहिरीने सबै विदेशीहरुको बायोमेट्रिक इन्फरमेसन, इरिस, फिङ्गर प्रिन्ट र फोटोसमेत रहने छ भने यसै प्रणालीबाट राहदानी विभागबाट जारी हुने राहदानी, बैदेशीक रोजगार विभागबाट जारी हुने श्रम स्वीकृति, शिक्षामन्त्रालयले जारी गर्ने एओसी र इन्टरपोल सम्वद्ध सूचनाहरु हेर्न मिल्ने गरी व्यवस्था समेत मिलाइएको छ ।

भिसा आवेदन, विदेशी नागरिकको नेपाल बसाइको अनुगमन र भिसा दस्तुर तिर्न समेत सहज हुने विश्वास विभागको छ । विमानस्थलमा शंकास्पद कागजातको पहिचानका लागि अत्याधुनिक उपकरण सहितको फरेन्सिक डिटेक्सन ल्याबको समेत स्थापना गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस