२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झोला र पोकामा चिनियाँ सामान आयात गर्न प्रतिबन्ध

अ+ अ-

रसुवा । रसुवागढीबाट बिना इजाजत झोला र पोकामा चिनियाँ सामान आयात गर्न प्रतिबन्ध गरिएको छ ।

भन्सार कार्यालय टिमुरेले ६८ औँ विश्व भन्सार दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा घरेलु प्रयोजन भन्दै झोला पोकामा सामान आयात वृद्धि भएपछि प्रतिबन्ध लगाइएको जानकारी दिएको छ ।

कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बिना इजाजत झोला र पोकामा चिनियाँ सामान आयात गर्न प्रतिबन्ध गरिएको बताए ।

उनले शुल्क नतिरी ल्याइएका सबै खाले झोले पोके व्यापारीको सामान जफत गरिने बताएका छन् । स्थायी लेखा नम्बर र वाणिज्य दर्ता प्रमाणपत्र लिई आयात निर्यातको गर्न चाहने सबै व्यक्तिलाई सम्पर्क राख्न कार्यालयले आग्रह गरेको छ ।

सशस्त्र प्रहरी भन्सार सुरक्षा एवं राजश्व चुहावट नियन्त्रण २१ नम्बर गुल्मका प्रहरी नायव उपरीक्षक लक्ष्मण थापाले बिना इजाजतका झोले पोके व्यापारी नियन्त्रण गरिने बताए । यही माघ १० गतेसम्म आयात निर्यात भएका सामग्रीबाट भन्सार शुल्क कूल रु १९ अर्व ७२ करोड ६४ लाख ४५ हजार राजश्व आर्जन भएको कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले सरकारले निर्धारण गरेका भन्सार शुल्क बुझाउन व्यापारीलाई आग्रह गर्दै राजश्व सङ्कलनमा अहोरात्र योगदान दिने भन्सार कार्यालयका सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिएका थिए ।

सोही कार्यक्रममा राजश्व सङ्कलनमा सहयोग पुर्‍याएका भन्सार अधिकृत विष्णुकुमार श्रेष्ठलाई सर्वोकृष्ट कार्यालय सहयोगी धनबहादुर तामाङलाई पुरस्कृत गरिएको थियो । यस्तै नेपाल र चीनबिच आइतबार रसुवागढीमा कोरोना भाइरस रोगथामसम्बन्धी छलफल सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस