प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम


१२ माघ २०७६, आइतबार


जनकपुर । प्रदेशको नाम तथा राजधानी टुंगो लगाउन गठित संसदीय समितिले प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम रहने निर्णय गरेको छ। समितिले उक्त निर्णय गरेको सभामुख सरोजकुमार यादवले जानकारी दिए।

राजधानीको चार किल्ला तोकेर प्रदेश २ को राजधानी जनकपुरधाम तोक्ने विषयमा समितिका पदाधिकारीबीच सर्वसम्मति भएको सभामुख यादवले बताए।

प्रदेश सभाले नै विभिन्न दलको सहभागितामा गठन गरेको सर्वदलीय संसदीय समितिमा राजधानीको विषयमा फरक मत राख्नेले आफ्नो फरक मत फिर्ता लिएपछि सर्वसम्मति भएको समितिका संयोजक यादवले जानकारी दिए।

प्रदेश २ को राजधानीको केन्द्र जनकपुरधाम तोकेर उत्तरमा ढल्केवर, दक्षिणमा धनुषाको सीमा क्षेत्र, पश्चिम तथा पूर्वमा मध्यमा मिथिला परिक्रमा क्षेत्रलाई तोकेर जनकपुरधाम राजधानी तोक्ने सहमति भएको सभामुख यादवले जनाए ।

राजधानीको टुङ्गो लागेपछि नामको विषयमा पनि चाडै संसदीय समितिमा प्रवेश गराएर निर्णय लिने यादवले बताए।

प्रदेश २ का मुख्यमन्त्री लालवावु राउत प्रदेश बाहिर रहेको हुँदा उनी आउनेबित्तिकै प्रदेशको नाममा पनि छलफल अगाडि बढ्ने उनले बताए। प्रदेश २ को नामको विषयमा भने दलहरू बीच फरक मत देखिएको छ । मधेश केन्द्रित दलहरुले प्रदेशको नाम मधेश प्रदेश हुनुपर्ने अडानमा छन् भने नेकपा र नेपाली काँग्रेसले प्रदेशको नाम मिथिला हुनु पर्ने अडानमा छन्।

Tags :
प्रतिक्रिया दिनुहोस