चीनमा मात्रै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६ पुग्यो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

चीनमा मात्रै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६ पुग्यो


१२ माघ २०७६, आइतबार


बेइजिङ । कोरोना भाइरसबाट चीनमा मात्रै मृत्यु हुनेको संख्या ५६ पुगेको छ । आइतबारसम्मको तथ्याङ्कमा मात्रै ५६ जनाको मृत्यु भएको र दुई हजार जति संक्रमित भएको देखाएको छ । शनिबारसम्म ४२ जनाको मृत्यु भएको थियो । एकै दिनमा थप १४ जनाको मृत्यु भइसकेको छ ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार ६ सय ८८ जनामा संक्रमण देखिएको पुष्टि भएको छ । मृतयु हुनेमा हुवेइ प्रान्तका १३ जना रहेका छन् । हेनान प्रान्तमा दुई जनाको मृत्यु भएको छ । हुवेइमा मात्रै ३ सय भन्दा बढी संक्रमित भइसकेको अधिकारीहरुले बताएका छन् ।

कोरोना गत डिसेम्बरमा वुहानमा पहिलोपटक दखिएको थियो हाल यो संसारभर फैलिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस