२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय १५ जना लाभान्वित

अ+ अ-

डोटी । नेपाली सेनाको रुद्रध्वज गण डोटीले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट चार सय १५ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

डोटीको के आई सिंह गाउँपालिका वडा नम्बर ३ वासुदेवीमा सञ्चालित शिविरबाट १ सय ३८जना पुरुष र २ सय ७७ जना महिलाहरूले सेवा लिएको रुद्धध्वजगणका गणपति प्रमुख सेनानी रत्नकेशर खड्काले बताए ।

ग्रामीण भेगमा बसोबास गर्ने समुदायको स्वास्थ्य सेवामा सहज पहुँच नहुँदा स्वास्थ्य उपचारबाट वञ्चित हुनु नपरोस् स्वास्थ्य सेवामा सहयोग पुगोस् भन्ने उद्देश्यले शिविरको आयोजना गरेको प्रमुख सेनानी खड्काको भनाई छ ।

के आई सिंह गाउँपालिका र शैलेश्वरी अस्पतालको समेत सहयोग रहेको उक्त शिविर बाट विशेष गरी न्यून आय स्तर भएका, दलित, गरिब घरपरिवारहरू बढी लाभान्वित भएको खड्काको भनाई छ ।

शिविरमा ३५ जनाले दाँतको परीक्षण १९ जना महिलाहरूको भिडियो एक्स-रे मार्फत गर्भवती चेक जाँच, ६७ जना बालबालिकाहरूको स्वास्थ्य परीक्षण गरिएको थिए ।

शिविरमा पुरुषहरूको तुलनामा महिलाको उपस्थिति बढी देखिएको छ । सेवा लिन आउने अधिकांश सेवाग्राहीको छाला, कान, आँखा, ढाड दुख्ने जस्ता समस्याहरू देखिएको टोलीमा सहभागी प्राविधिक उप सेनानी डाक्टर बबीता सिलवालले बताइन् । उनले भनिन्‘शिविरमा सेवा लिन आउनु भएको मध्य त्यस्तो धेरै जटिल रोगले ग्रसित त कोही भेटिएनन् तर सामान्य तय उपचार गरेपछि ठिक हुने लक्षणका बिरामीहरू घेरै भेटिए उपचार पछि ठिक हुन्छ’

महिलाहरूमा पाठेघर सम्बन्धी समस्या, नसा, छाला, ढाड दुख्ने, घुँडाको हड्डी खिइएको जस्ता रोगहरू भएका बिरामीहरू बढी देखिएको शिविरमा संलग्न शैलेश्वरी अस्पताल दिपायलमा कार्यरत स्त्रीरोग विशेषज्ञ डाक्टर दुर्गाराज महर्जनले बताए । उनले भने ‘उपचारको क्रममा हेर्दा समान रुपका लक्षण भएका बिरामीहरू बढी छन् चेक जाँच पछि औषधी उपलब्ध गराएका छौ सन्चो पक्कै हुन्छ’

उपचार गरेको मध्ये एक जना अलि जटिल एपेन्डीक्स फुटेको जस्तो लक्षण भएकोले अप्रेसन गर्नुपर्ने जस्तो बिरामी भेटिएको जसलाई भोलि स्वास्थ्य संस्थामा जान सुझाव दिएको समेत डा. महर्जनले बताए ।

बालबालिकाहरूलाई राम्रो सँग हेरविचार नगर्दा बालबालिका हरूमा छाला, कान,रुघाखोकी सम्बन्धी रोग भएका बालबालिकाहरू भेटिएका शिविरमा संलग्न डडेलधुरा अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ डाक्टर ललित सुरीले बताए ।

नेपाली सेनाले निःशुल्क रूपमा स्वास्थ्य शिविरको आयोजना गर्दा सयौँ स्थानीयवासीले आफ्नो घर आगमनमा निःशुल्क रूपमा सेवा उपभोग गर्न पाउनु सौभाग्यको कुरा रहेको के आई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले बताए ।

उनले भने ‘नेपाली सेनामा जुन देश र जनताप्रति भावना छ आज आफ्नै आँखा अगाडी प्रमाणित भयो’

शिविर आयोजना गरेकोमा नेपाली सेनालाई धन्यवादका साथै आगामी दिनमा सामाजिक कार्यमा नेपाली सेनासँग सहकार्य, समन्वय र सहयोग गर्न तयार रहेको समेत अध्यक्ष शाहीले बताए ।

गाउँपालिकाको सहयोगमा शिविरमै कानको समस्या भई कान सुन्न नसक्नेहरूका लागि सुन्नमा सहयोग पुग्ने (हियरीङ एड) नामक उपकरण ५ जना पुरुष र ४ जना महिलालाई सहयोग गरेको थियो ।

शनिवार एक दिन मात्र सञ्चालन भएको शिविरमा नेपाली सेनाका प्राविधिक उप सेनानी डा. बबिता सिलवाल, प्राविधिक उप सेनानी डा.यमुना थापा शैलेश्वरी अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डा. दुर्गा राज महर्जन डडेलधुरा अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ डा. ललित सुरी, डडेलधुरा अस्पतालमै कार्यरत जर्नल फिजिसियन डा. उत्तम भट्टको टिम रहेको थियो ।

शिविरमा नाक, कान, घाँटी, दाँत, आँखा, छाती, गाईनो, भिडियो एक्स-रे, छाला लगायतका विभिन्न रोगको चेक जाँच गरिएको थियो । साथै शिविरमा नेपाली सेनाले निःशुल्क औषधि उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस