२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक : नेपाल ३४ अङ्क सहित ११३औँ स्थानमा

अ+ अ-

काठमाडौँ । भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक भएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले भ्रष्टाचार अवधारणा सूचकाङ्क २०१९ सार्वजनिक गरेको हो ।

ट्रानसपरेन्सीले सार्वजनिक गरेको यस वर्षको भ्रष्टाचार अवधारणा सूचकाङ्कमा ३४ अङ्कसहित ११३ औँ स्थानमा रहेको छ । गत वर्ष नेपालको अङ्क ३१ थियो । १८० देशमध्ये डेनमार्क सबैभन्दा कम भ्रष्टाचार गर्ने मुलुक भएको छ । डेनमार्कले कुल १०० मा ८७ अङ्क प्राप्त गरेको छ । यस्तै सबैभन्दा बढी भ्रष्टाचार गर्ने मुलुकको रुपमा सोमालिया रहेको छ । जसले ९ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएको छ ।

१३ विश्वसनीय अन्तर्राष्ट्रिय संस्थाहरुद्वारा सम्पन्न गरिएको सर्वेक्षणका आधारमा टीआईद्वारा यो सूची तयार गरिएको हो । सन् १९९५ देखि टीआईले यो सूची प्रत्येक वर्ष सार्वजनिक गर्दै आएको छ ।

नेपाललाई यो सूचीमा सन् २००४ देखि समावेश गरिएको हो ।

सीपीआई २०१९ ले १८० देशमा सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञ र व्यवसायीको अवधारणा मापन गरेको छ । यो सूचकाङ्कमा १०० अङ्कले अति राम्रो र ० अङ्कले अति भ्रष्टाचार रहेको जनाउँछ ।

सीपीआई २०१९ मा दुईतीहाई मुलुकले ५० भन्दा कम अर्थात औषत ४३ अङ्क पाएका छन् । २२ देशले स्कोरमा राम्रो सुधार गरेका छन् भने २१ देशले सुधार गर्न सकेका छैनन् ।

सीपीआई २०१९ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटान ६८ अङ्क प्राप्त गरी २५ औँ स्थान, भारत ४१ अङ्क प्राप्त गरी ८० औं स्थान, श्रीलङ्का ३८ अङ्क प्राप्त गरी ९३ औँ स्थान, नेपाल ३४ अङ्क प्राप्त गरी ११३ औँ स्थानमा, पाकिस्तान ३२ अङ्क प्राप्त गरी १२० औँ स्थान, मालदिभ्स २९ अङ्क प्राप्त गरी १३० औं स्थान, बङ्गलादेश २६ अङ्क प्राप्त गरी १४६ औँ स्थान र अफगानिस्तान १६ अङ्क प्राप्त गरी १७३ औँ स्थानमा रहेका छन् । छिमेकी मुलुक चीनले ४१ अङ्क प्राप्त गरी ८० औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस