२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाद्वारा खोज तथा उद्धार कार्य जारी

अ+ अ-

काठमाडौं । अन्नपूर्ण आधारशिविरको पदमार्गमा गएको हिमपहिरोमा परी हराइरहेका ४ जना कोरियन पर्यटकहरु तथा ३ जना नेपाली गाईडहरुको नेपाली सेनाको पोखरास्थित श्री सेकेण्ड रेञ्‍जर गणका गणपति सहितको उद्धार टोलीद्वारा खोजी कार्य जारी राखेको छ ।

उक्त उद्धार टोलीलाई नेपाली सेनाको ईक्वेरल हेलिकोप्टरद्वारा घटनास्थलबाट करिब २० मिनेटको पैदल दुरीमा अवस्थित देउराली भन्ने स्थानसम्म पुर्‍याई हाल उक्त हेलिकोप्टर पोखरा विमानस्थलमा तैनाथ रहेको छ ।

खोज तथा उद्दार कार्यको लागि खट्टिएको नेपाली सेनाको उद्धार टोलीद्वारा कोरियन पर्यटकहरु हिम पहिरोमा परी पुरिएको भनिएको स्थानमा करिव ६ मिटर गहिराईसम्म खन्दा पनि हालसम्म केही फेला नपरेको र उक्त टोलीले नेपाली गाईडहरु पुरिएको भनि मार्क गरिएको सम्भावित स्थानमा समेत खोजी कार्य जारी राखेको छ ।

साथै हराईरहेका नेपाली गाईडका दुई जना आफन्तहरु समेतले उद्धार कार्यमा सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस