दीपक मनाङ्गेको प्रश्न : ठगलाई मैले झापड नहानेर माला लगाइदिऊँ त ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दीपक मनाङ्गेको प्रश्न : ठगलाई मैले झापड नहानेर माला लगाइदिऊँ त ?


८ माघ २०७६, बुधबार


पोखरा । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङ्गे)ले अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङलाई आफूले नभइ मुख्यमन्त्रीले झापड हान्नुपर्ने बताएका छन् ।

मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई झापड हानेको विषयमा प्रष्ट पार्न बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

मनाङ्गेले मंगलबार मुख्यमन्त्री कप फुटबलको उद्घाटनका क्रममा गुरुङलाई झपड हानेका थिए । एन्फा कास्कीका अध्यक्ष गुरुङले बुधबार पत्रकारसम्मेलन गरेर मनाङ्गेविरुद्ध प्रहरीमा उजुरी दिने बताएका छन् ।

‘मनाङबाट आएका खेलाडीको बसोबास प्रबन्ध नमिलाएको देखेपछि सुरुमा सम्झाएको हुँ। तर, सम्झाउँदा ठूला कुरा गरेपछि ठगलाई झापड हानेँ’, पत्रकार सम्मेलनमा मनाङेले भने, ‘ठगलाई मैले झापड नहानेर माला लगाइदिऊँ त ?’ उनले भने, यस्तो मान्छेलाई तपाईंहरुले पनि झापड हान्ने हो, मैले पनि हान्ने हो ।’

गुरुङले भ्रष्टाचार गरेको भए कारबाही गर्ने निकाय छ नि भन्ने प्रश्नमा प्रदेशसभा सदस्य मनाङ्गेले भने, झापड पनि कानून हो । हिजो जनताले पूर्वप्रधानमन्त्रीलाई चप्पल हाने । अनि मैले ठगलाई झापड हान्दा यत्रो ठूलो विषय किन ?’

झापड हानेर ठीक गरें भन्न खोज्नु भएको हो भन्ने प्रश्नमा उनले भने, ‘मलाई एकदमै राम्रो लागेको छ । तपाईंलाई नराम्रो लागेको छ भने लेख्नुस् न यार ।’ ‘मैले झापड हानेको तपाईंहरुलाई मन परेन । राम्रो कुरा हो, तपाईंहरु गान्धीतिरको हुनुहुँदोहेछ । म चााहिँ रावणतिर परें । मलाई चाहिँ झापड हान्दा मज्जा लाग्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस