२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाल्पामा दरबन्दीअनुसार प्रहरी नहुँदा समस्या

अ+ अ-

पाल्पा । जिल्लामा दरबन्दी अनुसार प्रहरी नहुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । चार सय ५८ प्रहरी हुनुपर्नेमा अहिले तीन सय १३ प्रहरी मात्र कार्यरत छन् । करिब १४५ प्रहरीको अझै अभाव देखिएको हो । प्रहरीको दरबन्दी अनुसार जनशक्ति अभावले प्रहरीलाई छिटोछरितो रुपमा सेवा प्रवाह गर्न समस्या देखिएको हो ।

करिब एक महिनादेखि प्रहरी नायब उपरीक्षकको अभाव देखिएको छ । जिल्ला प्रहरी कार्यालयमा कायरत डिएपी कृष्णराज सापकोटाले अवकाश प्राप्त गरेपछि सो पद खाली हुँदै आएको हो । त्यसैगरी प्रहरी निरीक्षकमा तीन दरबन्दीमा दुई मात्र कार्यरत छन् ।

प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले जिल्लामा दरबन्दी अनुसार प्रहरी नहुँदा जिल्ला प्रहरी कार्यालय मातहतका चौकीमा प्रहरी कम हुँदा समस्या हुँदै आएको बताए । कतिपय चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्व हुनुपर्नेमा प्रहरी हबल्दारले नेतृत्व समालेका छन् । प्रहरीको दैनिक प्रशासनिक कामदेखि अपराध अनुसन्धानमा समेत प्रहरी कम हुँदा समस्या हुँदै आएको प्रउ जिसीको भनाइ छ ।

जिल्लाभर प्रहरी सहायक निरीक्षकमा ४१ को दरबन्दी भए पनि अहिले जिल्लामा २२ जना कार्यरत छन् । हबल्दारमा ९३ को दरबन्दी भए पनि ७० मात्र कार्यरत छन् । प्रहरी जवानमा २९२ दरबन्दीमा १९८ रहेका छन् । प्रहरी सहयोगी १४ दरबन्दी कायम गरिए पनि हाल सात मात्र कार्यरत रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले बताए ।रासस

प्रतिक्रिया दिनुहोस