दामनमा मृत्यु भएका ८ भारतीयलाई दुतावासको इच्छा अनुसार पठाइने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दामनमा मृत्यु भएका ८ भारतीयलाई दुतावासको इच्छा अनुसार पठाइने


८ माघ २०७६, बुधबार


काठममाडौँ । दामनमा मृत्यु भएका ८ जना भारतीय नागरिकलाई भारतीय राजदुतावासको इच्छा अनुसार भारत पठाइने भएको छ ।

मंगलवार मकवानपुरको थाहा नगरपालिका–४ दामनको एभरेष्ट पानारोमा रिसोर्टमा निसास्सियर मृत्यु भएका ८ जना भारतिय नागरिकलाई आज महाराजगञ्ज स्थीत टिचिङ अस्पतालमा पोष्ट मार्टम पछि भारतिय राजदूतावासको इच्छा अनुसार भारत पठाइने महानगरिय प्रहरी परिसर काठमाडौं प्रवक्ता प्रहरी नायब उपरिक्ष होविन्द्र बोगटीले बताएका छन् ।

सोमबार बेलुका रिसोर्टमा हिटर बालेर सुतेका उनीहरु विहान अक्सिजनको अभावले अचेत भएका थिए । दामनबाट उपचारको लागि हेलिकप्टरबाट काठमाडौंको ह्याम्स अस्पताल ल्याएपछि मृतक घोषण गरिएको थियो ।

केरला राज्यका ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीय इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया सरिया, ५ वर्षीय बालक अभी, ७ वर्षीया बालिका अर्चना, ५ वर्षीया बैशनव र ९ वर्षीया बन्द्राको मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस