पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा


८ माघ २०७६, बुधबार


चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको सुक्खा पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा मङ्गलबार राति सुक्खा पहिरो खसेको थियो ।

राति ९ः३० बजे पहिरो खसेर अवरुद्ध बनेको सडक आज बिहान २ः४५ बजेबाट पहिरो पन्छाएपछि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए। खनालका अनुसार पहिरो पन्छाउन दुईवटा जेसीभी र एउटा लोडर प्रयोग गरिएको थियो ।

सुक्खा पहिरो तुइनखोलाको ३ नम्बर पुल नजिक खसेको हो । एक वर्षअघि विस्तारको काम सम्पन्न भएको सो सडकमा अहिले पहिरो रोक्ने काम भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस