२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डाक्टरको अध्ययन बिदामा कडाइ गरिने

अ+ अ-

डडेल्धुरा । सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले डाक्टरहरुको अध्ययन विदामा कडाइ गरिने बताएका छन् । मन्त्री ढकालले मंगलबार प्रेस सङ्गठन डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अधिकांश डाक्टरहरुको समय पढाइमा जाने भन्दै अध्ययन अध्ययन बिदामा अब कडाइ गरिने बताएका हुन्।

‘हाम्रा डाक्टर सापहरुको अधिकांश समय पढाइमा जान्छ, छ महिना काम गर्ने फेरी पढ्न जाने फेरी अर्को चरण सेवा गर्‍यो फेरी पढ्न जाने रहेछ, उनले भने, ‘अब स्वास्थ्य मन्त्रालयले अध्ययन बिदालाई पनि कडाइ गर्छ ।’

मन्त्री ढकालले सङ्घीय सरकार मातहतमा रहेको डडेल्धुरा अस्पतालको पनि निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री ढकालले डाक्टरहरु दुर्गम आउन नमान्ने प्रवृत्तिले अभाव भएको बताएका छन् ।

उनले लामो समयसम्म डाक्टर अभाव रहेको अस्पतालमा अब क्रमिकरुपमा डाक्टरको पदपूर्ति हुँदै जाने बताए । ‘डडेल्धुरा अस्पतालको जिम्मा सङ्घले लिएको छ, केही अभावहरु कायम छन्, उनले भने, यो मन्त्रालय हामीले समालेपछि व्यवस्थापन गर्दै जान्छौँ, यी हिजोका अभाव अब हट्दै जान्छन् ।’

विगत लामो सयमसम्म डाक्टर अभाव झेल्दै आएको सुदूरपश्चिम प्रदेशको एकमात्र विशिष्ट विशेषज्ञ अस्पताल डडेल्धुरा अस्पतालमा २० जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि एक जना पनि पदपूर्ति नभएको अस्पतालले जनाएको छ ।

अस्पतालले विगत लामो समयदेखि दरबन्दीअनुसारका चिकित्सक पाएको छैन । अस्पतालले ११औँ तहको मेडिकल सुपरिटेण्डेन्टसमेत पाएको छैन । तत्कालीन जिल्ला अस्पताल व्यवस्थापन समिति भङ्ग भएपछि हालसम्म उपक्षेत्रीय अस्पताल तथा हालको विशेषज्ञ अस्पतालको विकास समितिसमेत गठन हुन सकेको छैन ।

बीस जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा अहिले छात्रवृत्ति करारबाट एक जना र अस्पताल विकास समितिबाट दुई गरी करारमा तीन विशेषज्ञ चिकित्सक छन् । त्यस्तै १९ मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा नौ चिकित्सक रहे पनि पाँच जना अध्ययन बिदामा छन् । चार जनामात्र अस्पतालमा कार्यरत छन् ।

स्वास्थ्य मन्त्रालयले पठाएका ११ स्थायी र तीन करार गरी १४ चिकित्सकमध्ये तीन मात्र डडेल्धुरा अस्पतालमा पुगेका छन् । बाँकी ११ जना अहिलेसम्म अस्पतालमा पुगेका छैनन् । मन्त्रालयले पठाएका सात चिकित्सक अध्ययन बिदामा छन् भने एक जना सङ्घीय सरकारबाट प्रदेश मातहतको बाजुरा जिल्ला अस्पतालमा काज सरुवा भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा जगदीशचन्द्र विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस