२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घट्दो छ बाँकेमा लागुऔषधका घटना

अ+ अ-

बाँके । बाँके जिल्लामा लागुऔषध सेवन र कारोवारको घटना १३ प्रतिशतले घटेको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार, प्रभावकारी सूचना संयन्त्र, चेकजाँचमा कडाइ, प्रहरी सक्रियता र ब्यूरो कार्यालयको स्थापनाका कारण यसवर्ष ती घटनामा कमी आएको हो ।

जिल्ला खुला सिमाना भएकाले भारत र नेपाल दुबै तर्पmबाट लागुऔषध प्रयोगकर्ता र कारोवारी बढ्दै जान थालेपछि यसको रोकथामका लागि प्रहरीले संरचनागत व्यवस्थासहित आफ्नो सक्रियता बढाएको हो ।

खुला सिमानाका कारण भारतबाट ब्राउनसुगर, कोरेक्स, नाइट्रोजेपाम ट्याब्लेटलगायतका लागुऔषध नेपालमा भित्रिने र नेपालबाट गाँजा र चरेस लगायतको लागुऔषध भारतमा जाने गरेको जनाइएको छ ।

विशेषतः सीमा नाकामा दुबै मुलुकका प्रहरीले कडाइ गरेपछि अहिले लागुऔषधको कारोवार घटेको उनले बताए। जिल्लामा अहिले ठूलो परिणामको लागुऔषधको कारोबार घटे पनि सानो परिणाममा लागुऔषध ओसारपोसार भइरहेको प्रहरी निरीक्षक थापाले बताए । चालु आर्थिक वर्षको ६ महिनामा जिल्ला प्रहरी कार्यालयले १६३ जना लागुऔषध प्रयोगर्तालाई कारवाही गरेको छ । बाँके जिल्ला कारागारमा मात्र अहिले करीब २०० बढी कैदी लागुऔषध मुद्दाकै रहेको जनाइएको छ ।

लागुऔषधको कुलतमा फसेकाहरुको उपचारका लागि बाँकेमा सात वटा पुनःस्थापन केन्द्र खोलिएका छन् । लागुऔषधको क्षेत्रमा काम गर्ने संघ संस्थाका अनुसार जिल्लामा झण्डै एक हजार बढी प्रयोगकर्ता छन् । लागुऔषध प्रयोगकर्ताको पुनःस्थापना गरेर समस्या समाधान गर्नुपर्ने लागुऔषध विरुद्धका अभियन्ता अभिराज क्षेत्रीको सुझाव छ ।

कानूनले लागुऔषधको सेवन र कारोवारलाई अपराध मानेको छ । लागुऔषध प्रयोगकर्ता तथा ओसारपोसारकर्तालाई लागुऔषध परिणामको कसुर हेरेर जन्मकैदसम्मको सजायको व्यवस्था गरेको अधिवक्ता वसन्त गौतमले बताए ।रासस

प्रतिक्रिया दिनुहोस