१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश १ को लोक सेवा आयोगमा नाम सिफारिस, अध्यक्षमा पूर्वकृषि सचिव भट्टराई

अ+ अ-

विराटनगर । प्रदेश १ को लोक सेवा आयोगमा ३ जनाको नाम सिफारिस भएको छ। अध्यक्ष सहितका पदाधिकारी नियुक्त गर्न सिफारिस समितिले सोमबार ३ जनाको नाम प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो।

आयोगको अध्यक्षमा खोटाङका उत्तमकुमार भट्टराईलाई नियुक्त गर्न सिफारिस गरिएको छ भने सदस्यमा टीकादत्त राई र सीमा आभाषको नाम सिफारिस भएको छ। प्रदेश १ को लोक सेवा आयोग गठन सम्बन्धी ऐनअनुसार सिफारिस समितिले प्रमुखसमक्ष नाम सिफारिस गरेको हो।

अध्यक्षमा सिफारिस भएका भट्टराई पूर्वकृषि सचिव हुन् भने राई प्रदेश १ मुख्यमन्त्री कार्यालयका सचिव र आभाष कांग्रेसको कोटाबाट सदस्य बनेकी हुन्। आभाष साहित्य क्षेत्रमा सक्रिय छिन् । प्रदेश लोक सेवा आयोग सिफारिस समितिमा मुख्यमन्त्री, सभामुख र प्रमुख विपक्षी दलका नेता रहने प्रावधान छ।

लोकसेवा आयोगमा एक अध्यक्ष र दुईजना सदस्य हुने प्रावधान छ। प्रदेश लोक सेवा आयोगका पदाधिकारीको सेवा अवधि ६ वर्ष तोकिएको छ।

आयोगको अध्यक्ष हुने व्यक्तिले मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्ने, नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने छ। यसैगरी पैंतालिस वर्ष उमेर पूरा भएको र उच्च नैतिक चरित्र भएको हुनुपर्ने प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड निर्धारण) ऐन, २०७५ मा उल्लेख छ।

त्यसैगरी आयोगका सदस्यमध्ये एक जना २० वर्ष वा सोभन्दा बढी कुनै सरकारी सेवामा रहेको हुनुपर्ने व्यवस्था रहेको छ छ। बाँकी सदस्यहरू विज्ञान, प्रविधि, कला, साहित्य, कानून, जनप्रशासन, समाजशास्त्र वा राष्ट्रिय जीवनका अन्य क्षेत्रमा शोध, अनुसन्धान, अध्यापन वा अन्य कुनै महत्वपूर्ण कार्य गरी ख्याति प्राप्त गरेको हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस