वाग्मती लोक सेवा आयोगका सदस्यद्वारा शपथ - प्रशासन प्रशासन
prasaLogo
६ माघ २०७६, सोमबार

वाग्मती लोक सेवा आयोगका सदस्यद्वारा शपथ


प्रकाशित मिति : 20 January, 2020 6:08 pm

हेटौँडा । वाग्मती प्रदेश लोक सेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले उक्त आयोगका नवनियुक्त सदस्यद्वय सुदर्शनप्रसाद ढकाल र शर्मिला न्यौपानेलाई आज पद तथा गोपनियताको शपथ गराएका छन् । उनीहरु दुवैलाई प्रदेश सरकारले हालै नियुक्त गरिएको थियो ।

कार्यक्रममा वाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईंले संविधानको मर्मलाई अक्षरस पालना गर्दै आफ्नो पदीय मर्यादा र जिम्मेवारीलाई निष्पक्ष र पारदर्शिताका साथ कार्यक्षेत्र खटिन आग्रह गरे । उनले प्रदेश सरकारले सुशासन ल्याउन निजामती कर्मचारीले कर्तव्यनिष्ठ रहेर जनहितका लागि सेवा भावले काम गर्नेतर्फ सधैँ अग्रसर हुनुपर्ने धारणा व्यक्त गरे । शपथ कार्यक्रममा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ तथा प्रदेश मन्त्रिपरिषद्का मन्त्रीको सहभागिता थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस