प्रहरीको गाडीमा ट्राफिकले लगायो ‘ह्विल लक’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रहरीको गाडीमा ट्राफिकले लगायो ‘ह्विल लक’


६ माघ २०७६, सोमबार


काठमाडौं । अनामनगरमा ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ‘ह्विल लक’ गरेको छ।

महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा ह्विल लक लगाएको हो।

सडक ढाकेर पार्किङमा राखेको गाडीमा लक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।  उक्त गाडीलाई नियमअनुसार चिट काटेर कारबाहीमा ल्याइएको महाशाखा प्रमुख भीम ढकालले बताए।

 

Tags :
प्रतिक्रिया दिनुहोस