पर्यटन विभागको गल्ती सामाजिक सञ्जालमा भाइरल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पर्यटन विभागको गल्ती सामाजिक सञ्जालमा भाइरल


५ माघ २०७६, आइतबार


काठमाडौँ । पर्यटन विभागले आइतबार सार्वजनिक गरेको विज्ञप्ति चर्चामा आएको छ ।

पर्यटन विभागले आइतबार ५ गते निकालेको विज्ञप्तिमा २०७६ माघ १० गते शुक्रवारका दिन अन्नपूर्ण क्षेत्रमा हिउँ पहिरोमा परेर पदयात्री फसिरहेको र उनीहरूको उद्धार भइरहेको ब्यहोरासहितको पे्रश विज्ञप्ति भाइरल भएको हो ।

३ गते शुक्रवार भन्नुपर्नेमा १० गते भएपछि अहिले विभागले निकालेको विज्ञप्ति सामाजिक सञ्चालनमा चर्चामा रहेको छ ।

हिम पहिरोमा फसेका दुई सयभन्दा बढीको उद्धार गरिएको भए पनि केही कोरियन पदयात्रीहरू तथा उनीहरूसँगै रहेका पथ प्रदर्शक अझै हराई रहेका छन् ।

दुई दिनअघि मात्रै राष्ट्रपति कार्यालयको सचिवालयले ‘मिति २०७६ माघ १० गते’ लेखेर जारी गरेको विज्ञप्तिले सामाजिक सञ्जालमा चर्चा पाएको थियो ।

सामाजिक सञ्जालमा विरोध भएपछि ‘राष्ट्रपति कार्यालयले मिति सच्याएर अर्को विज्ञप्ति सार्वजनिक गरेको थियो ।

हेर्नुस् विज्ञप्ति:

Tags :
प्रतिक्रिया दिनुहोस