विश्वव्यापीकरण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विश्वव्यापीकरण


५ माघ २०७६, आइतबार


विश्वव्यापीकरण भनेको के हो? नेपालमा यसले पुर्‍याएको सकारात्मक र नकारात्मक पक्षहरू उल्लेख गर्दै नकारात्मक पक्षहरू न्यूनीकरण गर्न अवलम्बन गर्नुपर्ने उपायहरू उल्लेख गर्नुहोस्।

‘विश्व’ र ‘व्यापी’ दुई शब्दको मिलनबाट विश्वव्यापी शब्द बनेको छ। विश्वव्यापी शब्दमा करण प्रत्यय लागेर विश्वव्यापीकरण बनेको हो।यसको शाब्दिक अर्थ विश्व भरी एक देशले अन्य देशमा वा जताततै भन्ने हुन्छ। यसलाई अर्को शब्दमा भूमण्डलीकरण पनि भन्ने गरिन्छ। परम्परागत रूपमा विश्वव्यापीकरण भन्नाले अर्थतन्त्रलाई जोड्ने प्रक्रिया हो भनी सीमित अर्थमा बुझ्ने गरिन्थ्यो।आधुनिक विश्वमा राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक र सांस्कृतिक लगायतका सबै विषयमा साझा मूल्य मान्यता र प्रक्रियाको स्थापना गर्ने अभियान नै विश्वव्यापीकरण हो। यसले देशहरूबिच वस्तु, सेवा, पुँजी, प्रविधि, सूचना र मानिसहरूको सीमा विहीन रूपमा स्वतन्त्र प्रवाहलाई मान्यता दिने गर्दछ। विश्व बैङ्कले यसका प्रमुख तीन पक्षका रूपमा व्यापार, वित्तीय प्रवाह र सूचना प्रविधिलाई लिएको छ। माइकल पी.टोडारोले विश्वव्यापीकरणलाई (Globalization is the increasing integration of national economies in the global market) भनेर परिभाषित गरेका छन्। यसको सर्वमान्य परिभाषा रहेको पाईदैन। It is a process of integration and interdependence .समेत भन्ने गरिन्छ।
It is a process of internationalization of national economy.
यसले,
• यसले अर्थव्यवस्थालाई एक आपसमा आबद्ध बनाउन आयत र निर्यातलाई खुकुलो बनाउँछ,
• भन्सार दर घटाउने र व्यवस्थित बनाउँछ,
• राष्ट्रिय आय, बचत, उत्पादन र रोजगार अभिवृद्धि गर्दछ,
• विश्व एक ग्राम भन्ने मान्यताका साथ सीमा विहीन समुदायको निर्माणमा जोड दिन्छ,
• सूचना तथा प्रविधिको विकास गराई विश्वव्यापी रूपमा सामाजिक सञ्जालमा आबद्ध गराउँछ,
• शासन पद्दतीमा लोकतान्त्रिक मूल्य र मान्यताको विकास गराई सुशासन, विधिको शासन, मानव अधिकार, सामाजिक न्याय, समावेशीकरण आदि जस्ता पक्षको संरक्षण तथा संवर्धन गर्ने गर्दछ। आदि

नेपालमा विश्वव्यापीकरण
नेपालले सन् १९५५ डिसेम्बर १४ वाट संयुक्त राष्ट्र सङ्घको आबद्धबाट नै विश्वव्यापीकरणको मान्यता अवलम्बन गरेको पाइन्छ त्यसैगरि सन् १९८७ को अन्तर्राष्ट्रिय मुद्रा कोषको संरचनात्मक कार्यक्रम मार्फत व्यापार कर प्रणालीमा सुधार तथा सरकारी निकायलाई खुकुलो पार्दै १९८७ को दशकमा आएको उदारीकरणको नीतिलाई नेपालको प्रजातान्त्रिक शासनसँगै १९९० को दशकबाट नेपालले अवलम्बन गरेको पाइन्छ। साथै नेपालमा वैदेशिक लगानी भित्राउन र प्रविधिमा सुधार ल्याउन वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०३८ र हालै को सो ऐन २०७५ जारी भएको छ। निजीकरण ऐन २०५० मार्फत विकासमा निजी क्षेत्रको अभ्यास लाग्न वा उद्योग, वाणिज्य, पर्यटन, जलविद्युत रोजगार आदी नीति मार्फत विश्वव्यापीकरणमा जोड दिएको पाइन्छ। अझ सन् २००४ अप्रिल २३ को विश्व व्यापार सङ्गठनको सदस्यता प्राप्त गर्दै विभिन्न देशका द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय सम्झौता जस्तै साफ्टा, विमिस्टेक जस्ता निकायहरूको सहकार्य र अवलम्वनताले अझ विश्वव्यापीकरणमा अग्रसर रूपमा देखिन्छ। आदी पक्षको संलग्नता र प्रयासले नेपालको अर्थतन्त्रमा सकारात्मक टेवा पुर्‍याएको छ। जस्तै वैदेशिक लगानीमा उद्योग धन्दा खोल्दै केही हदसम्म भए पनि बेरोजगारीको, गरिबीको समस्या कम गर्दै अन्तर्राष्ट्रिय अर्थ बजारमा उपस्थिति जनाउँदै नयाँ प्रविधिको प्रयोग गरी प्राकृतिक स्रोतको परिचालन गर्दै सामाजिक, आर्थिक, सांस्कृतिक, राजनैतिक क्षेत्रमा परिवर्तन गर्दै अघि बढेको देखिन्छ । यति मात्र होइन विभिन्न अन्तर्राष्ट्रिय गैरआवसीय संस्थाहरूको समाज परिवर्तनमा ठुलो भूमिका पाइन्छ। विश्वव्यापीकरणले नै नेपाललाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन ठुलो भूमिका रहेको देखिन्छ।

विश्वव्यापीकरण प्रभाव

नकरात्मक असर न्यूनीकरणको लागि अवलम्वन गर्नुपर्ने उपायहरु

• राजनीतिक चेतना अभिवृद्धि गरी राष्ट्रिय हितमा ध्यान दिने,
• दाताको स्वार्थको आधारमा भन्दा पनि देशको परिस्थिति र आवश्यकतामा आधारित भएर नीति तथा परियोजनाहरू बनाउने,
• सक्षम र सफल कूटनीतिक सम्बन्धको विस्तार गरी राष्ट्रिय हित र स्वार्थको संरक्षण, संवर्धन र प्रवर्धन गर्ने,
• आन्तरिक उत्पादन, उपभोग र उत्पादित वस्तुको निर्यातमा जोड दिने,
• उद्यमशीलताको विकास गराई विप्रेषणबाट प्राप्त आयलाई उत्पादनशील क्षेत्रमा लगानी गरी उचित प्रतिफल लिने वातावरण बनाउने,
• मौलिक संस्कृतिको संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने र त्यसको प्रवर्धन गर्न प्रोत्साहित गर्ने,
• सूचना तथा प्रविधि माथिको स्वामित्व आफैमा राखी राष्ट्रिय सुरक्षालाई व्यवस्थित बनाउने,
• आर्थिक क्षेत्रमा तुलनात्मक लाभका क्षेत्र पहिचान गरी उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने,
• स्थानीय व्यापारको गुणस्तर, प्रतिस्पर्धा र उत्पादकत्वमा वृद्धि गरी प्रतिस्पर्धात्मक लाभ सुनिश्चित गर्ने,
• दाताको स्वार्थ हाबी भएको लगानी र सहयोगलाई ठाडै अस्वीकार गर्ने,
• ब्रेन ड्रेन र बढी ड्रेनको समस्यालाई यथोचित सम्बोधन गर्न रोजगारीको सिर्जना गर्ने, आदि

उपसंहार
विश्वव्यापीकरण एउटा गतिशील र सर्वमान्य रूपमा चलिरहने प्रक्रिया हो। जुन आर्थिक, सामाजिक शासकीय, सांस्कृतिक र वातावणिय अन्तरसम्वन्धको रूपमा विश्वभर छरिएर रहेको हुन्छ। आजको विज्ञान र प्रविधिको युगमा कुनै पनि राज्य अर्को राज्यसँग अलग्गिएर रहन सक्दैन कारण राज्यहरू बिचको सहअस्तित्व, अन्तरसम्वन्ध र परनिर्भरता हो। प्रत्येक राज्यले अर्को राज्यसँगको अन्तरसम्वन्धबाट आफ्नो राष्ट्रिय हित र स्वार्थ अनुरूपको लाभ तथा फाइदा लिने प्रयत्न गरिरहेका हुन्छ। जुन राज्यले समय सापेक्ष रूपमा आफ्नो क्षमता अभिवृद्धि गरी सकारात्मक गन्तव्यतर्फ लम्कन्छ उसले विश्वव्यापीकरणबाट पर्याप्त लाभ प्राप्त गर्न सक्दछ। जसले आफ्नो क्षमता अभिवृद्धि गरी तुलनात्मक लाभको क्षेत्र पहिचान गर्नबाट चुक्दछ त्यस्ता राज्यलाई कसैले पनि माया दया गर्न सक्दैन। John Page ले भनेका छन् “Global economy is like a bullet train, if it is missed, there is no chance to catch up with it.” त्यस कारण यसबाट लाभान्वित हुनका लागि बेलैमा यसका प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्दै तुलनात्मक लाभको क्षेत्र पत्ता लगाई क्षमता अभिवृद्धि गर्दै विकासको गन्तव्यमा अगाडी बढ्न आवश्यक छ। अन्यथा आफ्नो बिनाको गन्ध पहिचान गर्न नसकी जीवनभर भौतारिरहने कस्तुरीको हालत बन्न सक्दछ।

Tags :
प्रतिक्रिया दिनुहोस