२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विप्लब समूहको गतिविधिले प्रतिबन्धलाई पुष्टि गर्यो : प्रवक्ता बाँस्कोटा

अ+ अ-

काठमाडौं । विप्लब समूहले आतङ्ककारी शैलीमा क्रियाकलाप सञ्चालन गरेको ठहर गर्दै सरकारले ध्वंसात्मक गतिविधिप्रति राज्य सहनशील हुन नसक्ने प्रष्ट पारेको छ । सो समूहले बुधबार ढुङ्गेधारास्थित एक व्यक्तिको घरमा बम विस्फोट र बालुवाटारस्थित ललितानिवासको जग्गा कब्जाको घोषणा गरेको विषयलाई सरकारले आतङ्ककारी गतिविधिको संज्ञा दिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यसअघि नै सो समूहको गतिविधिलाई सरकारले प्रतिबन्ध लगाइएको विषयलाई पछिल्ला घटनाक्रमले पुष्टि गरेको बताए । ‘लुकेर गतिविधि गर्ने भएकाले हामीले पहिल्य नै भनेका हौँ, विप्लब समूहको गतिविधि आतङ्ककारी क्रियाकलाप हो’, उनले भने, ‘लुकेर, छिपेर हमला गर्ने गतिविधि आतङ्ककारी शैली हो, त्यसले उहाँहरुलाई राम्रो गर्दैन, त्यो राम्रो कुरा पनि होइन ।’

विप्लब समूहले गरेको ध्वंसात्मक गतिविधिप्रति खेद प्रकट गर्दै उनले कानूनी प्रक्रिया र विधिद्वारा समस्याको निरुपण गरिने बताए । ललितानिवासको जग्गा हिनामिना प्रकरणमा नेपाल सरकार आफैँले छानबिन चलाइरहेको उल्लेख गर्दै उनले सार्वजनिक चासो प्रकट भइरहेको विषयमा कुनै हल्ला फैलाएर शक्तिशाली देखिन विप्लब समूहले सो हर्कत गरेको बताए ।

‘विप्लबले कब्जा गरेर जग्गा कब्जा हुँदैन । नेपाल सरकार आफैँले ललिता निवासको जग्गाको सम्बन्धमा छानबिन चलाइरहेको छ । त्यो अरु कसैले भनेर होइन, जग्गा हिनामिना भएको छ भन्ने सरकार आफैँले थाहा पाएपछि छानबिन गरेको हो’, उनले भने, ‘त्यो जग्गा जसले जे भने पनि नेपाली जनताको हो, नेपाल सरकारको हो । हामी त्यो जग्गाको वास्तविकता पत्ता लगाउँछौँ, सरकारी जग्गा व्यक्तिलाई दिन सकिँदैन ।’

विप्लब समूहलाई शान्तिपूर्ण प्रक्रियामा आउन सरकारले पटकपटक आग्रह गरेको उल्लेख गर्दै उनले विप्लब समूहको केही व्यक्ति सो समूह परित्याग गरेर विभिन्न दल प्रवेश गरिसकेकाले शान्तिपूर्ण गतिविधि सञ्चालन गर्न अनुरोध गरे । ‘उनीहरु (विप्लव समूह) सरकारले आरोप लगायो भन्नुहुन्छ, सरकारले यहाँयहाँ आक्रमण गर त भनेको छैन नि ! उहाँहरुले टेलिफोनको टावर ध्वस्त बनाउनुभएको छ । यो त जनताको सम्पत्ति हो । एक/एक पैसा तिरेर देशले बनाएको हुन्छ’, उनले प्रश्न गर्दै भने, ‘त्यो त सरकारको सम्पत्ति होइन नि, जनताको सम्पत्ति हो नि! जनताको सम्पत्तिमाथि किन खेलबाड गर्नुपर्‍यो?’

प्रतिक्रिया दिनुहोस