बेलायतका लागि नेपाली पूर्वराजदूत शर्माको निधन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बेलायतका लागि नेपाली पूर्वराजदूत शर्माको निधन


२ माघ २०७६, बिहिबार


लन्डन । बेलायतका लागि नेपालका पूर्वराजदूत मुरारीराज शर्माको हृदयघातका कारण लन्डनमा निधन भएको छ ।

लन्डन पट्‌नी निवासी ६८ वर्षीय शर्माको मंगलबार घरमै निधन भएको हो । मर्निङ वाक गरी घर फर्किएर ब्रेकफास्ट खाएको केही समयपछि उनको निधन भएको थियो ।

सन् २००७ नोभेम्बर देखि २००९ अप्रिलसम्म शर्मा लन्डनस्थित नेपाली दूतावासमा १८ औं राजदूतका रुपमा कार्यरत थिए । २२ फेब्रुअरी, २००८ मा उनले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका थिए । उनले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भएर न्युयोर्कमा समेत काम गरे ।

उनी मुरारी अधिकारीको नामले साहित्य क्षेत्रमा परिचित थिए। उनको कथासंग्रह ‘मुरारी अधिकारीका कथाहरु’ प्रकाशित छन् भने उनी मैनाली कथा पुरस्कारले पनि पुरस्कृत भएका थिए। उनका श्रीमती र २ छोरा छन्।

Tags :
प्रतिक्रिया दिनुहोस