२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तन ल्याउन बाँकी छ : नेता नेपाल

अ+ अ-

सलार्ही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रियसभाका उम्मेदवारलाई दायाँबायाँ नगरी मतदान गर्न आग्रह गरेका छन् ।

जेवी टुहुरेको ‘निरन्तरता भाग चार’ कार्यक्रमलाई सम्बोधन गर्न सर्लाही आएका नेता नेपालले देशभक्तिको भावनासहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राजपाको संयुक्त गठबन्धनबाट खडा भएका चार उम्मेदवारलाई आफ्ना मतदाताले दायाँबायाँ नगरी मतदान गर्न र जिताएर सामाजिक, सांस्कृतिक तथा आर्थिकरूपमा परिवर्तन ल्याउन सहयोग गर्न आग्रह गरे ।

यही माघ ९ मा हुने राष्ट्रियसभाको निर्वाचनमा प्रदेश नं २ बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट राधेश्याम पासवान र तुलसा दाहाल साथै राजपाबाट मृगेन्द्रकुमार सिंह यादव र शेखरकुमार सिंह गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राजपाको संयुक्त गठबन्धनबाट चार जना चुनावी मैदानमा रहेका छन् ।

उनले सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तनमा गीतसङ्गीतको ठूलो महत्व रहेको र टुहुरेले पञ्चायतीकालदेखि नै सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तन ल्याउन गीतसङ्गीतको यात्रामा लागेको बताए ।

पूर्वप्रधानमन्त्री नेपालले पञ्चायतीकाल विरुद्ध राजनीतिक सिद्धान्तलाई सार्थक बनाउन गीतसङ्गीतका रूपमा परिमार्जन गरी नेपाली राजनीतिमा परिवर्तन ल्याउन अरु टुहुरे जन्मिनु आवश्यकता रहेको बताए ।

सर्लाहीको हरिवन नगरपालिका– ५ मा रहेको चेतना सन्देश नेपालद्वारा सञ्चालित द्वन्द्वपीडित बालगृहमा मङ्गलबारदेखि शुरु भएको चौतारी साँझ कार्यक्रमलाई सम्बोधन गर्न आज सर्लाही आएका पूर्वप्रधानमन्त्री नेपाल र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवसमक्ष उखु किसानले आफूहरुको उखुको बाँकी बक्यौता नपाएको गुनासो गरेका थिए । जनताको विश्वास इमान्दारीसाथ पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रायले प्रतिबद्धता जनाए ।

जेवी टुहुरे फाउण्डेशनको आयोजनामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य बेची लुङ्गेली, डिल्लीप्रसाद उप्रेती, राष्ट्रियसभाका उम्मेदवार तुलसा दाहाल, राधेश्याम पासवान, सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनराज जिसी, सबै नगरपालिका तथा गाउँ पालिकाका प्रमुख तथा उपप्रमुखका साथै पार्टीका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस