उडिरहेको विमानले तेल खसाल्दा १७ विद्यार्थी घाइते « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उडिरहेको विमानले तेल खसाल्दा १७ विद्यार्थी घाइते


१ माघ २०७६, बुधबार


एजेन्सी । उडिरहेको विमानले इन्धन खसाल्दा अमेरिकामा १७ विद्यार्थी घाइते भएका छन्।

लस एन्जेलस अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्तकालिन अवतरण गर्दै गरेको विमानले फालेको इन्धन विद्यार्थीहरु रहेको चौरमा खस्दा १७ जना घाइते भएका हुन् ।

विमानस्थलबाट २६ किलोमिटर पर रहेको पार्क एलिमेन्टरी स्कूलका दुई वटा कक्षाका विद्यार्थीहरुहरुमाथि खसालिएको इन्धन परेको थियो।

इन्धनका कारण विद्यार्थी र केही युवाहरुमा श्वासप्रश्वास तथा छालाको समस्या देखिएको छ।

अमेरिकाको फेडेरल एभिएसन एड्मिनिस्ट्रेशन (एफएए) ले घटनाबारे छानबीन भइरहेको बताएको छ।

उड्ययन कानूनअनुसार आपत्तकालिन अवस्थामा उडिरहेका विमानले इन्धन खसाल्न पाउँछन्, तर तोकिएको उचाईबाट निश्चित स्थानमा मात्रै इन्धन खसाल्न पाइन्छ।

नियमअनुसार बसोबास नभएको क्षेत्रमा मात्रै इन्धन उत्सर्जन गर्न पाइन्छ।

Tags :
प्रतिक्रिया दिनुहोस