नेपाल प्रहरीमा ७३३ जना इन्सपेक्टर र असईको भर्ना खुल्यो, एक हजार बढी प्राविधिक प्रहरी जवानको पनि माग (विज्ञापनसहित) « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपाल प्रहरीमा ७३३ जना इन्सपेक्टर र असईको भर्ना खुल्यो, एक हजार बढी प्राविधिक प्रहरी जवानको पनि माग (विज्ञापनसहित)


१ माघ २०७६, बुधबार


नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीमा ठूलो संख्यामा असई तथा इन्सपेक्टरको विज्ञापन गरिएको छ । प्रहरी प्रधान कार्यालयले जनपद समूह अन्तर्गतको रिक्त प्रहरी निरीक्षक र सहायक प्रहरी निरीक्षकको पदपूर्तिको लागि विज्ञापन आह्वान गरेको हो ।

भर्ना छनौट महाशाखाले ७३३ जना जनपद प्रहरी तर्फका प्रहरी निरीक्षक र सहायक प्रहरी निरीक्षकको माग गरेको हो । विज्ञापनमा प्रहरी निरीक्षक १४९ जना र सहायक प्रहर निरीक्षक ५८४ जनाको माग गरिएको छ ।

जसमा खुलातर्फ ८० जना इन्सपेक्टर र ३१५ जना असईको माग गरिएको छ ।

यस्तै प्राविधिक प्रहरी जवानतर्फ इन्जिनियरिङ, केनाइन, हातहतियार, स्वास्थ्य, विधि विज्ञान तथा संगीत तर्फ गरी १०७२ जनाको माग गरिएको छ ।

माघ ५ देखि फागुन ११ गतेसम्म दरखास्त फारम दर्ता गर्न सकिनेछ । दर्खास्त फारम सातवटै प्रदेशस्थित कार्यालयहरुबाट बुझाउन सकिने छ ।

सूचना :

प्राविधिक समूहतर्फ

Tags :
प्रतिक्रिया दिनुहोस