३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यमनमा ७८ बालबालिकाको डेङ्गु सङ्क्रमणबाट मृत्यु : सेभ द चिल्ड्रेन

अ+ अ-

दुबई । द्वन्द्वग्रस्त अरब राष्ट्र यमनमा डेङ्गु सङ्क्रमणबाट कम्तीमा ७८ बालबालिकाको मृत्यु भएको बालबालिकाको अधिकारका लागि कार्यरत अन्तर्राष्ट्रिय संस्था ‘सेभ द चिल्ड्रेन’ले मङ्गलबार बताएको छ । सेभ द चिल्ड्रेनले यमनमा डेङ्गुको महामारी देखिएको भन्दै यसप्रति समयमै सचेत बन्न यमन सरकार त्यहाँका जनता र अन्तर्राष्ट्रिय अधिकारवादी समूहको ध्यानाकर्षण गराएको छ ।

सेभ द चिल्ड्रेनद्वारा मङ्गलबार जारी एक विज्ञप्तिमा भनिएको छ, ‘यमनमा १६ वर्षभन्दा कम उमेरका कम्तीमा ७८ जना बालबालिकाले डेङ्गुको माहामारीका कारण ज्यान गुमाएका छन् भने कम्तीमा ५२ हजार व्यक्ति डेङ्गुको सङ्क्रमण भएको आशङ्कामा अस्पताल तथा स्वास्थ्य संस्थामा सेवाका लागि पुगेका छन् ।’

उत्त संस्थाले भनेको छ, ‘यसबाट यमनमा डेङ्गुका माहामारी सुरू भएको मान्न सकिन्छ ।’ सेभ द चिल्ड्रेनका अनुसार सन् २०१९ मा यमनमा डेङ्गुसम्बन्धी सङ्क्रमणका कारण १९२ जनाको मृत्यु भएको थियो । यसमध्ये अधिकांश व्यक्ति यमनी बन्दरगाह शहर होडैडा र एडेनका थिए ।

सेभ द चिल्ड्रेनका यमनस्थित संयोजक मारियम अल्दोगानीले भने, ‘सन् २०१९ मा यमनको होडैडामा डेङ्गुका कारण मृत्यु हुनेको मृत्युदर दोस्रो धेरै अर्थात् ६२ व्यक्तिले ज्यान गुमाएका थिए । यस प्रकारको समस्या यहाँ पहिले कहिल्यै देखिएको थिएन ।’

अल्दोगानी आफै पनि सन् २०१९ मा डेङ्गुको सङ्क्रमणपछि निको भएका थिए । उनले भने, ‘मसहित हाम्रो संस्थाका करिब ४० भन्दा बढी कर्मचारी र उनीहरूका परिवारका सदस्य डेङ्गुको कारण विरामी परेका थिए तर ती सबै उपचारपछि निको भएका छन् ।’

रेडक्रसले सन् २०१९ मा दिएको तथ्याङ्कका अनुसार जमेको पानीबाट फैलिने वा लामखुट्टेको टोकाइ बाट सर्ने डेङ्गु र सम्बन्धित रोगको माहामारीबाट यमन ग्रसित भएको छ ।

साउदी नेतृत्वको सैनिक गठबन्धनले इरान पक्षधर मानिने यमनी सिया विद्रोहीविरूद्ध सन् २०१५ मा शुरू गरेको सैन्य हस्तक्षेपका कारण दशौँ हजार व्यक्तिको मृत्यु भएको छ भने मृत्यु हुनेमा अधिकांश सर्वसाधारण नागरिक रहेका छन् । संयुक्त राष्ट्रसंघले यमन द्वन्द्वका कारण विश्वमा सर्वाधिक नराम्रो मानवीय सङ्कट रहेको जनाएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस