२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१ सय ६ बर्षीया वृद्धको मोतियाविन्दुको शल्यक्रिया

अ+ अ-

चितवन । भरतपुर आँखा अस्पतालको बहिरङ्ग सेवामा आज बिहान भेटिएका एक वृद्ध निकै खुशी देखिन्थे । १ सय ६ वर्षको उमेरमा १ साताअघि आफ्नो देब्रे आँखाको मोतियाविन्दुको शल्यक्रियापछि आँखा देखेसँगै उनीमा खुशी थपिएको हो ।

भरतपुर महानगरपालिका–२ क्षेत्रपुर निवासी पुननारायण श्रेष्ठको यो उमेरमा सफल शल्यक्रिया भएपछि उनी निकै खुशी भएका छन् । उनले भने, ‘तपाईंले लगाएको जकेट कालो रहेछ, पर बसेकाहरुलाई पनि देखेको छु ।’ एक वर्षअघिदेखि धमिलो हुँदै गएको आँखाले पछिल्लो समय देख्न छाडेपछि उनी चिन्तित थिए ।

उनीलाई आँखाको शल्यक्रिया गर्न नजिकै घर भएकी भरतपुर आँखा अस्पतालमा कार्यरत छायाँ श्रेष्ठले सुझाव दिइन् । त्यतिमात्रै होइन, छायाँले अस्पतालका डा मारिया गौतमसँग परामर्श गरेर शल्यक्रियाको प्रबन्ध पनि मिलाइदिइन् । सफल शल्यक्रियापछि निकै उत्साहित हुँदै वृद्ध श्रेष्ठले आफूले जीवनमा पुनः आँखा देख्ने अवसर पाएको भन्दै खुशी व्यक्त गरे ।

उनले भने, ‘उपचार गरे हुँदोरहेछ ।’ उनीसँगै रहेका जेठा छोरा नारद श्रेष्ठले डोराएर हिँड्नुपर्ने बुबा आफैँ हिँड्न थालेपछि निकै खुशी भएको बताए। अस्पतालका चिकित्सक डा.गौतमले वृद्धहरुको शल्यक्रिया कठिन हुने भए पनि बिरामीले चाहेमा सफल शल्यक्रिया गर्न सकिने बताए । आफ्नो जीवनमा यति धेरै उमेरका व्यक्तिको शल्यक्रिया गरेको भने पहिलो भएको उनले बताए ।

उपचारमा उमेरले नछेक्ने भएकाले आत्मबल उच्च गरेर उपचार गर्न आउन गौतमले आग्रह गरे । भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा ८ जिल्लाका १ लाख ७१ हजार ४०० को आँखाको उपचार गरेको थियो । अस्पतालले विभिन्न जिल्लामा शिविर सञ्चालन र अस्पताल एवं आँखा उपचार केन्द्रमार्फत बिरामीको उपचार गर्दै आएको छ ।

अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार भरतपुरमा रहेको मुख्य अस्पताल र भरतपुर हाइटमा रहेको बहिरङ्ग विभागमार्फत एक लाख १८ हजार ४५५ बिरामीको आँखाको उपचार गरिएको हो । नौ आँखा उपचार केन्द्रमार्फत पनि अस्पतालले सेवा दिइरहेको छ । विभिन्न जिल्लामा गरिएका शिविरमार्फत २२ हजार ९८५ को आँखाको उपचार गरिएको छ ।

नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित सो अस्पतालले गत आवमा ५ हजार ६९६ को आँखाको शल्यक्रिया गरेको थियो । अस्पतालका अध्यक्ष कृष्णराज धरेलका अनुसार हरेक वर्ष बिरामीको सङ्ख्या बढ्दै गएको छ । वृद्धहरुको पनि सफल शल्यक्रिया हुने भएकाले अन्धकारमा जीवन नबिताउन सबैमा आह्वान गरिएको बताउँदै उनले त्यस्ता व्यक्तिको उपचारमा अस्पतालले प्राथमिकता दिएको बताए ।रासस

प्रतिक्रिया दिनुहोस