१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेको उकालो यात्रा कायमै, दोहोरो अङ्कको वृद्धि

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । आइतबार उच्च अङ्कले वृद्धि भएको बजारले आज पनि सोही लय पछ्याएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १५.१४ विन्दुले बढेर १ हजार २७०.८६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.५५ ले बढेर २७६.२८ मा पुगेको छ ।

नेप्सेको उकालो यात्रासँगै कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ । कूल १८३ कम्पनीका ५५ लाख १८ हजार ६३६ कित्ता शेयर रु एक अर्ब ७० करोड ५० लाख ६० हजार ६६४ बराबर कारोबार भयो । नेप्से र कारोबार रकममा देखिएको वृद्धि सँगै बजार पूँजीकरणमा समेत सुधार देखिएको छ । नेप्सेका अनुसार आजको बजार पूँजीकरण रु १६ खर्ब २० अर्ब बराबरको रहेको छ ।

कारोबार भएका कूल १२ उपसमूह मध्ये आज दुई उपसमूहका शेयर ओरालो लागेका छन् भने दश उपसमूहका शेयर भने बढेका छन् । उत्पादन २.०६ र लघुवित्त १३.८९ ले घटेको छ । यस्तै, बैंकिङ १४.८१, व्यापार २५.१२, होटल १२.५९, विकास बैंक १२.५३, जलविद्युत् ४८.७, वित्त १०.८८, निर्जीवन बीमा ३९.०१, अन्य ६.९९, जीवन बीमा ५२.०७ र सामूहिक लगानी कोषको ०.०४ विन्दुले बढेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु छ करोड चार लाख ५५ हजार ७०६ बराबरको कारोबार भयो ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ५ करोड ९७ लाख १४ हजार १३०, एनआइसि एशिया रु पाँच करोड ५७ लाख ५९ हजार ६१७, प्रभु बैंक रु चार करोड ४१ लाख ७५ हजार ८७, एनएमबी बैंक रु चार करोड २३ लाख ३० हजार ३६८ र प्राइम बैंक रु चार करोड १५ लाख ७० हजार ५८९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आज घोडीघोडा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.८७ प्रतिशतले कमाउँदा सानिमा माई हाइड्रोपावर ९.८७, चिलिमे जलविद्युत् कम्पनी ८.६७, राधी विद्युत् कम्पनी ८.६७, सेन्ट्रल फाइनान्स ७.६९, गुह्यश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स ७.४४ र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ७.३० प्रतिशतले आर्जन गरे ।

यस्तै सिभिल लघुवित्त वित्तीय संस्था ५.९८, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ५.७०, विजय लघुवित्त वित्तीय संस्था ५.४७, नयाँ नेपाल लघुवित्त विकास बैंक ५.१९, सामुदायिक लघुवित्त वित्तीय संस्था ५.१९, समिट लघुवित्त वित्तीय संस्था ४.९६ र जोशी हाइड्रो पावरका लगानीकर्ताले ४.४१ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस