सडक डिभिजनका प्रमुखलाई विप्लव कार्यकर्ताको कालोमोसो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सडक डिभिजनका प्रमुखलाई विप्लव कार्यकर्ताको कालोमोसो


२७ पुस २०७६, आइतबार


दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई कालोमोसो दलेका छन् ।

अनियमितता गरेको तथा निर्माण व्यवसायीसँग मिलेर काममा ढिला गराएको लगायत ११ आरोप उनीमाथि छ ।

दाङबाट सरुवा भएर गइसकेका चौधरी रमाना लिन जिल्लामा आएका बेला कालोमोसो दलिएको हो । घटनास्थलमा जिल्ला जनपरिषद्को नामको व्यानर पनि भेटिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस