२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजधानी हेटौँडा तोकिनु प्रदेशवासीका लागि खुशीको कुरा हो : मुख्यमन्त्री पौडेल

अ+ अ-

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशले स्थायी राजधानी र नामकरण ढिलो भए पनि प्राप्त गर्नु ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।

प्रदेश राजधानी र नामकरणमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै मुख्यमन्त्री पौडेलले सिङ्गो नेकपा तथा प्रदेशका नेकपाका सदस्य, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रदेशसभामा सहभागी दल नेमकिपा, राप्रपालगायत सबै दलको साथ सहयोग प्राप्त भएको बताए ।

मुख्यमन्त्री पौडेलले स्थायी राजधानी हेटौँडा तोकिनु मकवानपुर वा हेटौँडाका लागि भन्दा पनि प्रदेशवासी सबैका लागि खुशीको कुरा हो भने । ‘आजको घोषणाले हेटौँडावासीलाई बढी उत्साहित बनाएको हुन सक्छ त्यो स्वाभाविक पनि हो, यसमा खुशी हुनु पनि पर्छ तर धेरै उच्छृङ्खल हुनु हुँदैन’, उनले भने ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले प्रदेशको राजधानी हेटौँडा बनाइनुपर्ने पक्षमा प्रदेशसभाका सबै सदस्यको मत रहेछ भन्ने देखिएको बताए । उनले हेटौँडा प्रदेशको ऐतिहासिक स्थान हो, थियो र अझै पनि रहेछ भन्ने कुरा आजको नतिजाले देखाएको बताए ।

प्रदेशको राजधानी हेटौँडा भएकामा नेकपा नेता तथा प्रतिनिधिसभा, अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले खुशी व्यक्त गरेका छन् । सभापति दाहालले हेटौँडा राजधानी घोषणा भएसँगै जनमानसको अन्योल समाप्त भएको बताउँदै भने, ‘अब हेटौँडालाई महत्वपूर्ण अवसर प्राप्त भएको छ । सबैको सामूहिक प्रयासको सफलता हो यो, हामी सबै मिलेर आगामी दिनमा हेटौँडालाई राजधानीलायक बनाउन धेरै काम गर्न बाँकी छ ।’

संविधानसभा सदस्य अनन्त पौडेलले प्रदेशको राजधानी हेटौँडा तोकिनु मकवानपुरवासीका लागि ठूलो उपलब्धि भएको बताए । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ११० सदस्यमध्ये एक जनाले संसद्मा उपस्थिति जनाएका थिएनन् । सभामुखबाहेक १०८ प्रदेशसभा सदस्य प्रदेशको नामकरणका लागि भएको मतदानमा सहभागी भएका थिए ।

सबै सदस्यले प्रदेशको नाम वाग्मती राखियोस् भन्ने प्रस्तावका पक्षमा मतदान गरेका थिए । हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाइयोस् भन्ने प्रस्तावका लागि भएको मतदानमा हेटौँडाको पक्षमा १०५ र विपक्षमा तीन मत परेको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेललाई प्रदेशको स्थायी राजधानी बनाइयोस् भन्ने प्रस्तावका पक्षमा तीन र विपक्षमा १०१ मत परेको थियो । काभ्रेका चार प्रदेशसभा सदस्यले धुलिखेललाई प्रदेशको स्थायी राजधानी बनाइयोस् भन्ने प्रस्तावको पक्ष वा विपक्ष कतै पनि मत जाहेर गरेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस