लागूऔषध सेवनबाट एक जनाको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लागूऔषध सेवनबाट एक जनाको मृत्यु


२७ पुस २०७६, आइतबार


नवलपुर । पूर्वी नवलपरासीमा अत्यधिक लागूऔषध सेवनबाट एक जनाको मृत्यु भएको छ । देवचुली नगरपालिका-३ का २६ वर्षीय सुमन घर्तीको अत्यधिक लागूऔषधका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । युवकको शव देवचुली-१५ प्रगतिनगर लोकाहा पुलदेखि दक्षिणपट्टी भेटिएको थियो ।

घर्तीको शरीरमा लागूऔषध प्रयोगका लागि लगाइएको सुईका निशानहरु रहेको र केही मात्रामा लागूऔषध पनि बरामद भएको भनाइ छ । पोष्टमार्टमका लागि शव प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली पठाइने अस्थायी प्रहरी पोष्ट दलदलेले जानकारी दिएको छ ।

मृत्युको कारणको विस्तृत विवरण शवको पोष्टमार्टमपछि मात्रै आउने प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस