प्रदेश ३ मा आज मतदान, राजधानी र नाम टुंगो लाग्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश ३ मा आज मतदान, राजधानी र नाम टुंगो लाग्ने


२७ पुस २०७६, आइतबार


काठमाडौँ । प्रदेश न ३ मा आज राजधानी र नामको टुंगो लगाउन मतदान हुँदै छ । प्रदेश ३ को सचिवालयले आज बिहान बस्ने संसद बैठकबाट राजधानी र नाम टुंगो लगाउने भएको हो ।

शनिबारको बैठकमा राजधानीका लागि हेटौंडा र धुलिखेल प्रस्ताव भएको थियो । सत्तारूढ नेकपा, कांग्रेस, राप्रपा, राप्रपा संयुक्तलगायतका दलले हेटौंडा तथा विवेकशील पार्टी र स्वतन्त्र सांसद् प्रेमबहादुर तामाङले धुलिखेल प्रस्ताव गरेका थिए ।

प्रदेश ३ को ११० सदस्यीय सभामा नेकपाका ८० र कांग्रेसका २२ सांसद् छन् । विवेकशीलको ३, नेपाल मजदुर किसान पार्टीको २, राप्रपा, राप्रपा संयुक्त र स्वतन्त्र १/१ सांसद् छन् । प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव पारित हुन ७४ मत चाहिन्छ ।

यस अघि गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशले प्रदेशको नाम र स्थायी राजधानी तोकिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस