के भईरहेको छ सबैमा स्पष्टै छ, माटोको सम्मानमा बोल्नै नहुने ? –पूर्वराजा ज्ञानेन्द्र « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

के भईरहेको छ सबैमा स्पष्टै छ, माटोको सम्मानमा बोल्नै नहुने ? –पूर्वराजा ज्ञानेन्द्र


२६ पुस २०७६, शनिबार


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको सबै भू–भाग रक्षा र नेपालबासीको समृद्धिका लागि गहकिलो प्रयास हुनुपर्ने बताएका छन्।

पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा विज्ञप्ति जारी गर्दै शाहले मातृभूमि नेपाल सदा स्वतन्त्र, शान्त, अभिभाज्य र अखण्ड रहनुपर्ने जनाएका छन्।

‘हाम्रा पूर्खाको पौरखले जोडिएको, जगेर्ना गरिएको हिमाल, पहाड र तराई मिलेर बनेको हाम्रो प्यारो मातृभूमि नेपाल सदा स्वतन्त्र, शानत, अविभाज्य र अखण्ड रहनु पर्दछ’, पूर्वराजा शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘जनमानसमा के छ के भइरहेको छ भन्ने सबैलाई स्पष्ट छ’ उनले भनेका छन् ‘राष्ट्र नायकहरूको वीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने ?

शाहले ‘राष्ट्रिय अखण्डता र स्वाभिमानलाई कुण्ठित पार्ने एवम् मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयास कतैबाट हुन नहुने’ बताएका छन्।

उनले ‘सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन’ भनेका छन्।

पुस २७ गते राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९८ औं जन्मजयन्ती हो।

Tags :
प्रतिक्रिया दिनुहोस