२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छाउपडी प्रथाविरुद्ध विद्यार्थीलाई पढाउँदै प्रहरी

अ+ अ-

रारा । मुगुका विद्यालयमा अध्यनतरत विद्यार्थीलाई छाउपडी प्रथाका विरुद्ध कानूनमा भएका व्यवस्थाबारेमा प्रहरीले विद्यार्थीलाई प्रशिक्षण दिइएकोे छ । श्री महाकाली नमूना माध्यामिक विद्यालय गमगढी मुगुमा कक्षा ८ देखि १० कक्षासम्म अध्यनरत विद्यार्थीलाई प्रहरीले छाउपडी प्रथाका विरुद्ध मौजुदा कानूनका विषयमा प्रशिक्षण दिएको हो ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा जरो गाडेर बसेको छाउपडी प्रथालाई सरकारले न्यूनीकरण गर्न अभियान चलाउँदै आएको छ । छाउपडी प्रथाविरुद्ध कानूनी कुरा, छाउगोठ भत्काउनेदेखि विविध सचेतनामूलक कार्यक्रम गर्दै आएअनुरुप विद्यार्थीलाई छाउ हुनु प्राकृतिक नियम हो, यो कुनै पापको कारण होइन भन्ने बुझाउन प्रशिक्षण कार्यक्रम गरिएको प्रहरीले जनाएको छ ।

छाउ बार्न लगाएमा कानूनका प्रावधान र कारवाहीबारेमा जानकारीसहित प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए। पुरातनवादी सोचमा ग्रसित छाउपडी प्रथा समाजमा कायमै रहेकाले त्यसलाई उन्मूलन गर्न गृह मन्त्रालयको निर्देशनअनुसार प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यार्थी, जिल्लाका सरोकारवाला निकाय, धामीझाँक्री, महिला, स्वास्थ्यकर्मीसँग कानूनका बारेमा जानकारीसहित न्यूनीकरणमा हातेमालो गर्न आग्रह गर्दै कार्यक्रम गरिएको प्र्रनाउ साहले बताए ।

प्रशिक्षण कार्यक्रममा बोल्दै कक्षा १० मा अध्ययनरत विद्यार्थी सीमा परियारले पहिलेको तुलानामा छाउपडी प्रथा न्यूनीकरण भएको र अझै पुराना मान्छेमा छाउपडीभित्रका विकृति प्रथा कायमै रहेकाले छाउपडी प्रथा न्यूनीकरणमा सबैको सहकार्य आवश्यक रहेको बताए । कार्यक्रममा सहभागी सबै विद्यार्थीले छाउगोठमा नबस्न आग्रह गर्ने र कानूनका बारेमा सम्झाइबुझाई गरी छाउगोठबाट घरमै बस्नका लागि सल्लाह सुझाव दिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस