भारतमा शुक्रबारबाट संशोधित कानुन लागू - प्रशासन प्रशासन
prasaLogo
२६ पुष २०७६, शनिबार

भारतमा शुक्रबारबाट संशोधित कानुन लागू


प्रकाशित मिति : 11 January, 2020 7:41 am

काठमाडौं । भारतमा शुक्रबारबाट संशोधित नयाँ कानुन लागू भएको छ । केन्द्र सरकारले संशोधित कानुन शुक्रबार राजपत्रमा प्रकाशित गरेकाले सोही दिनदेखि भारतभर नयाँ कानुन लागु भएको हो ।

राजपत्रमा प्रकाशित भएपछि कानुन आधिकारिक रुपमा लागू भएको मानिन्छ ।

नागरिकतासम्बन्धी संशोधित कानुनमा ६ वर्षदेखि भारतमा शरणार्थीको रुपमा बस्दै आएका अफगानिस्तान, बांगलादेश र पाकिस्तानका हिन्दू, शिख, बौद्ध, फारसी र इसाई धर्म मान्नेहरुलाई भारतीय नागरिकता दिने उल्लेख छ ।

तर यसमा मुस्लिम समुदाय नपरेपछि यो कानुन विभेदकारी भएको भन्दै भारतभर आन्दोलन चर्किएको थियो । आन्दोलनको क्रममा दुई दर्जन बढीको ज्यान गएको थियो ।

संशोधित कानुनअनुसार भारतमा कुनै व्यक्ति ११ वर्षदेखि लगातार बस्दै आइरहेको छ भने उसले पनि भारतीय नागरिकता पाउने छ । तर, अवैध तरिकाले भारत प्रवेश गरेकाहरुले भने नागरिकता पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस