हिमपातले अवरुद्ध भीमदत्त राजमार्ग १२ घण्टापछि सञ्चालनमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

हिमपातले अवरुद्ध भीमदत्त राजमार्ग १२ घण्टापछि सञ्चालनमा


२४ पुस २०७६, बिहिबार


अमरगढी । डडेल्धुरामा तेस्रोपटक परेको हिमपातका कारण अवरुद्ध भएको भीमदत्त राजमार्ग १२ घण्टापछि सञ्चालनमा आएको छ । बुधबार साँझदेखि अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने मुख्य भीमदत्त राजमार्ग आज दिउँसो अबेरदेखि सञ्चालनमा आएको हो ।

बुधबार राति २ बजेबाट परेको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा यहाँका सात पहाडी जिल्ला डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा र डोटीलगायतका जिल्लाको यातायात सेवा पूर्णरूपमा ठप्प भएको थियो भने सयौँ यात्रु अलपत्रमा परेका थिए ।

सडक डिभिजन कार्यालय, अमरगढी नगरपालिका, आलिताल, अजयमेरु र गन्यापधुरा गाउँपालिकाको डोजर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा करीब चार घण्टा लगाएर राजमार्गका सडकमा रहेको हिउँ हटाइएपछि एकतर्फीरूपमा यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

हिमपातका कारण डोटीको गैरा, डडेल्धुराको हगुल्टे क्षेत्रमा बुधबार रातिदेखि अलपत्रमा परेका सवारी साधन अहिले राजमार्ग सञ्चालन भएपछि आ–आफ्नो गन्तव्यतिर लागिरहेका छन् । भीमदत्त राजमार्गको मेलखर्क, हगुल्डे, साहुँखर्क बजारलगायत डोटीको गैरा क्षेत्रमा करीब चार फिट बाक्लो हिउँ जमेका कारण राजमार्ग अवरुद्ध भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस