चीनबाट पाँच महिनामा १० लाख किलो प्याज नेपाल आयात « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चीनबाट पाँच महिनामा १० लाख किलो प्याज नेपाल आयात


२३ पुस २०७६, बुधबार


काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा चीनबाट १० लाख किलो प्याज आयात भएको छ । भारतको प्याज बन्देज पछि नेपालका व्यवसायीहरुले चीनबाट प्याज आयात बढाएका हुन् ।

भन्सार विभागका अनुसार नेपालले कूल १८ लाख ३५ हजार किलो सुकेको प्याज आयात गरेको थियो । जसमध्ये १० लाख ६५ हजार ९१ किलो प्याज चीनबाट नेपाल भित्रिएको हो । यस्तै ७ लाख ७० हजार १९१ किलो प्याज भारतबाट आयात भएको हो ।

नेपालले पाँच महिनामा ८ करोड २१ लाख रुपैयाँ चीनिया प्याजमा खर्च गरेको छ । यस्तै, भारतीय प्याजमा ३ करोड ५० लाख रुपैया खर्च गरेको छ ।

कालिमाटी तरकारी बजार समितिले तोकेको मंगलबारको प्याजको मूल्य १२८ रुपैया थियो । खुद्रा मूल्य १५५ रुपैया तोकेको थियो । तर भारतीय प्याजको भन्सार मूल्य औसत ४५ रुपैयाँ ५५ पैसा मात्रै रहेको छ । भारतीय प्याजमा भन्सार मूल्य भन्दा तीन तिहाइ बढी मूल्यअन्तर रहेको देखिन्छ ।

यस्तै चिनियाँ प्याज भन्सार बिन्दुमा व्यावसायीले उल्लेख गरेअनुसार ७७ रुपैयाँ ११ पैसा प्रतिकिलो रहेको छ । कालिमाटी बजारले चिनियाँ प्याज भन्सार बिन्दुमा व्यवसायीले उल्लेख गरेअनुसार ७७ रुपैयाँ ११ पैसा प्रतिकिलो रहेको छ । कालिमाटी तरकारी बजारले ९८ रुपैयाँ थोक मूल्य र १२५ रुपैयाँ खुद्रा मूल्य चिनियाँ सुकेको प्याजमा तोको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस