७७ हजार घुस रकमसहित नापी सर्वेक्षक रंगेहात पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

७७ हजार घुस रकमसहित नापी सर्वेक्षक रंगेहात पक्राउ


२२ पुस २०७६, मंगलबार


pakrau

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालयका सर्वेक्षक रामनरेश पासवानलाई ७५ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडा कार्यालयका प्रहरी नायब उपरीक्षक केशव भट्टराई नेतृत्वको टोलीले नापी कार्यालयअन्तर्गत २ नं. नापी टोलीको कार्यालय वीरगञ्जबाट पासवानलाई सोमबार पक्राउ गरेको हो ।

आयोगका अनुसार, वीरगञ्ज–९, रानीघाटस्थित नापी कार्यालयमा कार्यरत सर्वेक्षक पासवानले जग्गा हाल साबिक गरी पुनः नापी जग्गाधनी प्रमाण पुर्जा बनाउन सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस मागेका थिए । पासवानले घुस मागेको सूचनापछि स्ट्रिड अप्रेसन गरेको अख्तियारको टोलीले उनलाई रंगेहात नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस