२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भम्रण वर्ष २०२० : बाँके राष्ट्रिय निकुञ्जमा दुईवटा हात्ती थपिँदै

अ+ अ-

बाँके । नेपाल भम्रण वर्ष २०२० लाई लक्षित गरेर बाँके राष्ट्रिय निकुञ्जले हात्ती थप्ने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार थप दुईवटा हात्ती ल्याउन लेखापढी भइसकेको छ । दुईवटा हात्ती थपिएपछि निकुञ्जमा हात्तीको सङ्ख्या छ पुग्नेछ ।

बाघको बासस्थान रहेको निकुञ्जलाई पर्यटकीयस्थलका रूपमा विकास गर्दै लगिएको र हात्ती सफारी शुरु भएकाले हात्ती थप्न लागिएको हो । प्रमुख संरक्षण अधिकृत भट्टराईले प्रचारप्रसारको कमीले ओझेलमा परेको निकुञ्जमा भ्रमण वर्षको शुरुआतमै विस्तारै चहलपहल बढेको जानकारी दिए ।

निकुञ्जले गाभरदेखि अगैयासम्मको ६५ किलोमिटरलाई जङ्गल सफारीको ‘रुट’ बनाएको छ । यो पार गर्न साढे तीन घण्टा लाग्छ । ‘गाभरबाट प्रवेश गरेका पर्यटकहरुले जङ्गली जनावर, चराचुरुङ्गी हेर्दै साढे तीन घण्टा बिताएर अगैया निस्किने रुट बनाएका छौँ,’ प्रमुख संरक्षण अधिकृत भट्टराईले भने, ‘एकपटक आएको पर्यटक फेरि आउन मन लाग्ने घुमाइ हुन्छ ।’

आन्तरिक पर्यटकको रोजाइमा निकुञ्ज परिसकेको छैन । मुख्यमन्त्रीले गएर जङ्गल सफारीको उद्घाटन गरेपछि प्रचारप्रसार भएको छ । निकुञ्जमा नेपालीलाई रु १०० प्रवेश शुल्क लिएर रु ५०० मा दुई घण्टाभन्दा बढी हात्ती सफारी गराउने तालिका छ । सार्कका पर्यटकलाई रु ७५० र त्योभन्दा बाहिरकालाई रु एक हजार ५०० प्रवेश शुल्क कायम गरिएको छ ।

प्रदेश नंं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले निकुञ्जमा हात्ती सफारी गरेर भ्रमण वर्षको शुरुआत गरेका थिए । प्रदेश सरकारले पर्यटन गन्तव्यका रूपमा बाँके निकुञ्जलाई पनि अघि सारेको छ । तर संघ र प्रदेशबाट अहिलेसम्म कुनै कार्यक्रम आएको छैन । सरकारले बाँके आउने पर्यटकलाई घुमाउने ठाउँ यही निकुञ्ज र बागेश्वरी मन्दिरलाई अघि सारिएको छ ।

नेपाल भ्रमण वर्षमा बाँके निकुञ्जलाई मुख्य गन्तव्य मानिएको छ । २ वर्षअघि निकुञ्जमा जम्मा चारजना पर्यटक आएकामा आर्थिक वर्ष २०७५/७६ मा १६० पर्यटक आएको निकुञ्जको तथ्याङ्कले जनाएको छ । तीमध्ये १४८ आन्तरिक पर्यटक, ११ सार्क मुलुकका र एकजना विदेशी पर्यटक रहेको निकुञ्जले जनाएको छ ।

निकुञ्ज घोषणा भएको आठ वर्षको अवधिमा शून्य अवस्थाबाट अहिले बाघको सङ्ख्या २१ पुगेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेश प्रवेश विन्दुका रूपमा रहेकाले पर्यटकलाई पूर्व–पश्चिम राजमार्ग भएर ओहोरदोहोर गर्ने निकुञ्ज घुमफिर गरेर फर्किन सहज वातावरणसमेत मिलाइएको प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए ।

‘बाँके निकुञ्ज पर्यटक ‘ट्रान्जिट’ हुँदैछ,’भट्टराईले भने, ‘कम खर्चमा, छोटो समयमा पर्यटकले निकुञ्ज घुम्ने अवसर पाउनेछन् ।’ मुख्य आकर्षण वन्यजन्तुसँगै यहाँको चुरिया रेन्जको लोभलाग्दो दृश्य र त्यहाँ हाइकिङ गर्न सकिने हुँदा निकुञ्जमा पर्यटकको सङ्ख्या बढ्न थालेको गाभर भ्याली सामुदायिक होमस्टेका सञ्चालक कृष्ण चौधरीले बताए ।

आन्तरिक पर्यटकसमेत घुमफिर गर्न मन पराउन थालेपछि होमस्टे (घरबास) र निकुञ्जको महत्व बढ्दै गएको उनको अनुभव छ । निकुञ्ज वरिपरि तीनवटा निजी थारू होमस्टे र १७ वटा घरमा सामुदायिक होमस्टे सञ्चालित छन् । बाघको आहारा प्रजातिका बँदेल, मृग, जरायोको सङ्ख्या पर्याप्त रहेको निकुञ्जको दावी छ ।

बाघ संरक्षण गर्ने उद्देश्यले २०६७ सालमा स्थापना गरिएको निकुञ्जमा ३०० भन्दा बढी प्रजातिका चराचुरुङ्गी रहेको निकुञ्जले जनाएको छ । नेपालगञ्ज र कोहलपुरमा ठूलाठूला होटलहरु सञ्चालनमा रहेकाले यहाँ आउने पर्यटकलाई २/४ दिन घुमाउन बाँके निकुञ्ज उत्तम रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस