राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालबालिका र मानसिक उपचार सेवा शुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालबालिका र मानसिक उपचार सेवा शुरु


२१ पुस २०७६, सोमबार


तुलसीपुर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा बालबालिका र मानसिक रोगको उपचार सेवा शुरुआत भएको छ । ती सेवाका लागि विशेषज्ञ चिकित्सक प्रतिष्ठानमा आउनुभएपछि सेवा शुरु गरिएको शाखा अधिकृत झंकार लामिछानेले जानकारी दिए ।

बरिष्ठ बालरोग विशेषज्ञ डा.नेत्रप्रसाद वञ्जाडेले यहाँ सेवादिन थालेका छन् । प्रतिष्ठानले कन्सल्टेन्ट फिजिसियन र बालरोग विशेषज्ञ थप्ने तयारी गरेको छ ।
अधिकृत लामिछानेले अहिले ५ जना विशेषज्ञ चिकित्सक थप गरेको जानकारी दिए ।

मानसिक रोग उपचार सेवासमेत प्रतिष्ठानले शुरु गरेको छ । सघन उपचार कक्ष र थप विशेषज्ञ सेवा थप्ने गरी प्रक्रिया अघि बढाएको रजिष्ट्रार रामप्रसाद प्याकुरेलले बताए । विगतको तुलनामा यहाँ बिरामीको सङ्ख्या बढेको छ ।

प्रतिष्ठानले पछिल्लो समय दाँत उपचार सेवाका लागि आधुनिक प्रयोगशालासमेत सञ्चालनमा ल्याएको थियो । अब जटिल प्रकारको शल्यक्रिया गर्न समेत जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।

प्याथोलोजि सेवा, दिसापिसाब र रगत परीक्षण पनि प्रतिष्ठानमै परीक्षण हुने गरेका र प्रसूति सेवामा थप एक जना विशेषज्ञ थप भएको उनले जानकारी दिए । प्रतिष्ठानमा रु २ करोड बजेटसमेत विनियोजन भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस