२१ किलो गाँजासहित दुई पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२१ किलो गाँजासहित दुई पक्राउ


२० पुस २०७६, आइतबार


हेटौँडा । प्रहरीले हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीबाट २१ किलो लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका–९ का ४० वर्षीय राजकुमार मोक्तान र धनुषाको मुखियापट्टी गाउँपालिका–६ का ४२ वर्षीय अशोककुमार यादवलाई उक्त परिणामको गाँजासहित पक्राउ गरेको हो ।

उनीहरुलाई प्रहरी नायब निरीक्षक राजेशकुमार यादवको कमाण्डमा खटिएको टोलीले गाँजा र बीआर ०६ बीजी ९५१२ नम्बरको भारतीय कारसहित गरेको जनाइएको छ ।

गए राति मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको उक्त कार जाँच गर्ने क्रममा लुकाइछिपाइ राखेको ५ प्याकेटमा गाँजा फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक सशीलसिंह राठौरले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस