इरानले गर्‍यो युद्धको घोषणा : मस्जिदमा गाड्यो रातो झण्डा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

इरानले गर्‍यो युद्धको घोषणा : मस्जिदमा गाड्यो रातो झण्डा


२० पुस २०७६, आइतबार


एजेन्सी । इरान समर्थक समूहले इराकको बगदाद स्थित अमेरिकी दूतावास र अल-बालाद सैन्य एयरबेसमा शनिवार अबेर राति दुई रकेट हानेको छ। दुवै स्थानमा ठूलो संख्यामा अमेरिकी सैनिक तैनाथ छन्। यो आक्रमणमा हताहतका मानिसबारे समाचार आएको छैन। अमेरिकाले इरानका सैनिक कमाण्डर जनरल कासिम सुलेमानीको हत्या गरेलगत्तै जवाफी आक्रमण भएको हो ।

इरानले सुलेमानीको हत्याको बदला लिने घोषणा गरिसकेको छ। इरानले रकेट हानेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ५२ स्थान अमेरिकी निशानामा रहेको चेतावनी दिएका छन्। उनले अमेरिका अझै खतरा मोल्न तयार नरहेको बताएका छन्।

यदि इरानले कुनै पनि अमेरिकी व्यक्ति या सम्पत्तिमाथि हमला गरेमा कारवाहीलाई तीव्र पारिने चेतावनी ट्रम्पले दिएका छन्। शुक्रवार अमेरिकाले बगदाद एयरपोर्टमा ड्रोनबाट रकेट हानेर इरानका जनरल कासिम सुलेमानीलाई मारिदिएको थियो। अमेरिका-इरानबीच बढ्दो तनावका कारण मध्यपूर्वमा युद्ध हुने आशंका जनाइएको छ। ‘म इरानलाई फेरि आक्रमण नगर्न सल्लाह दिन्छु। यदि यस्तो भयो भने हामी उनीहरुमाथि अहिलेसम्मकै भयंकर हमला गर्न बाध्य हुन्छौँ।’

अमेरिकाले सैन्य उपकरणमा दुई ट्रिलियन डलर खर्च गरेको छ। ‘हामीसँग विश्वकै सबैभन्दा ठूला र उत्कृष्ट हतियार(सेना छन्’, उनले भनेका छन्, ‘यदि कुनै अमेरिकी बेस या कुनै अमेरिकीमाथि हमला भयो भने हामी बिनाकुनै हिचकिचाहट यसको जवाफ दिन्छौँ।’ ट्रम्पले इरानी इस्लामिक रिभोल्युसनरी गार्डका कमाण्डर मेजर जनरल कासिम सुलेमानीले आफ्नो जीवनमा इरानका कयौँ मानिसको ज्यान लिएको दाबी गरेका छन्।

हालै इरानमा मारिएका प्रदर्शनकारीको हत्यामा पनि उनको संलग्नता रहेको ट्रम्पले दाबी गरेका छन्। सुलेमानीले बगदादमा अमेरिकी राजदूतमाथि हमला गरेको र अन्य स्थानमा पनि हमलाको तयारी गरेको दाबी गरेका छन्।

युद्धका लागि तयार इरान अमेरिकी ड्रोन आक्रमणमा सुलेमानीको मृत्यु भएपछि इरानले युद्धको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। इरानले जामकरन मस्जिदमाथि रातो झण्डा फहराएर युद्धका लागि देशभर ‘सूचनाु जारी गरेको हो । तनावपूर्ण अवस्थामा रातो झण्डा फहराउनु ‘युद्धका लागि तयार रहनू, युद्ध सुरु भइसकेको छ’ भन्‍ने सन्देश दिएको बुझिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकासँगको तनावपछि इरानले मस्जिदमा पहिलो पटक रातो झण्डा फहराएको हो। बेलायतको चर्चित अनलाइन मेट्रोले कोमस्थित जामकरन मस्जिदको डोममा सधैं धार्मिक झण्डा फहराउने इरानले रातो झण्डा फराएको हो। यसलाई युद्धको घोषणाको रुपमा लिइएको छ। मेट्रोले रातो झण्डाको अर्थ इरानले आफ्ना नागरिकलाई यद्धको स्थितिका लागि तयार रहन भनेको छ जनाएको छ। जुन स्थिति इरानीहरुले यसअघि देखेका थिएनन् ।

इरान(इराक युद्धताका पनि मस्जिदमा रातो झण्डा फहराइएको थिएन। इरानी इतिहास हेर्ने हो भने हुसैन साहबले कर्बला युद्धताका मस्जिद रातो झण्डा फहराएका थिए। इरानमा रातो झण्डालाई रगत र शहादतको प्रतीक मानिन्छ । इरानले अहिलेको अवस्थामा सुलेमानी देशका लागि शहादत भएको निचोडसहित इरानले यसको बदला लिन देशवासीलाई तयार रहन भनेको हो। जामकारन मस्जिद इरानको सबैभन्दा पवित्र धार्मिकस्थल हो। इरानी युवामा यो मस्जिदको बेग्लै र गहिरो प्रभाव छ।

प्रतिक्रिया दिनुहोस