५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजवादोन्मुख जनताको जनवादका आधारमा रूपान्तरण : प्रवक्ता श्रेष्ठ

अ+ अ-

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवादोन्मुख जनताको जनवादका आधारमा देशको सामाजिक एवं आर्थिक रूपान्तरण गरिने बताएका छन् ।

आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि नेकपाका तर्फबाट पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा आज उम्मेदवारी दर्ता गरेपछि प्रेस सङ्गठन नेपाल, कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले आर्थिक क्रान्तिको प्रक्रियामा देश अघि बढेको बताउँदै जनाताको समृद्धिको चाहना पूरा गर्न पार्टी लागेको बताए ।

देश र जनताको सेवामा समर्पित हुन र आवश्यक परिवर्तन गर्न राजनीतिमा आएको उल्लेख गर्दै उनले राजनीतिमा पद आवश्यक नभए पनि यो जिम्मेवारीका रूपमा रहने उल्लेख गरे ।

पार्टी एकतालाई सुदृढ बनाउँदै नेकपा अघि बढिहेको बताउँदै उनले सङ्गठनलाई सक्रिय र सरकारलाई सफल बनाउँदै समृद्ध नेपाल निर्माणको अभियानमा पार्टी जुटिरहेको बताए ।

पार्टी एकीकरणको काम लगभग सकिएको र बाँकी केही काम पनि टुङ्गोमा पुर्‍याउन लागिएको जानकारी दिँदै उनले शान्ति प्रक्रियाका बाँकी काम पनि सक्ने गरी तयारी भइरहेको स्पष्ट पारे ।

सभामुख चयनका सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता श्रेष्ठले यसको निर्णय लिन केही ढिला भए पनि आगामी संसद् चल्नु अगावै यस विषयमा टुङ्गोमा पुगिने जानकारी दिए ।

नेकपाका तर्फबाट राष्ट्रियसभा सदस्य पदका उम्मेदवार भगवती न्यौपानेले पार्टीका तर्फबाट गरिएको उम्मेदवारीको निर्णयले आफ्नो राजनीतिक जीवनको मूल्याङ्कन भएको बताए ।

विसं २०४८ देखि अनेरास्ववियु, अनेमसंघ हुँदै पार्टीमा लामो समय बिताएको स्मरण गर्दै उनले व्यवस्था परिवर्तनको आन्दोलनमा निभाएको भूमिकालाई पार्टीले मूल्याङकन गरेको बताए ।

राजकीय भूमिका दिने अवसरका लागि पार्टीप्रति आभार व्यक्त गर्दै उनले निर्वाचित भएपछि कानून निर्माणका साथै देश विकासको काममा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा गण्डकी प्रदेशका ६० प्रदेशसभा सदस्य र ८५ स्थानीय तहका १७० प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस