पाँच महिनाको मालपोत राजस्व सङ्कलन « प्रशासन
Logo २७ जेष्ठ २०८०, शनिबार
   

पाँच महिनाको मालपोत राजस्व सङ्कलन


२० पुस २०७६, आइतबार


विराटनगर । मालपोत कार्यालय विराटनगरले चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा कूल रु.३६ करोड ८ लाख ८५ हजार ९२८ राजस्व सङ्कलन गरेको छ ।

सङ्कलित राजस्वमा घरजग्गा पास, बैङ्क दृष्टिबन्धक, हालैको बकस, शेषपछिको बकसलगायत जग्गा खरिदबिक्रीबाट रु २५ करोड चार लाख ९५ हजार ३३६, पूँजीगत लाभकरतर्फ रु ११ करोड ७१ लाख ८९ हजार ५५९, पूर्जा विक्रीबाट रु एक लाख ४९ हजार ५५०, न्यायिक दस्तुरबापत रु एक लाख ३१ हजार ४७० र अन्य रजस्व बापत रु दुई लाख २० हजार १३ राजस्व सङ्कलन भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस