१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्राफिक प्रहरीद्वारा १० लाख बढी राजश्व सङ्कलन

अ+ अ-

डोटी । जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जिल्लामा एक महिनाको अवधिमा कूल रु १० लाख बढी राजश्व सङ्कलन गरेको छ । पछिल्लो सयम जिल्लामा खटिएको ट्राफिक प्रहरीले सवारी साधन जाँचमा कडाइ गर्न थालेको छ ।

सवारी जाँचमा कडाइ गर्दा राजश्व सङ्कलनमा वृद्धि तथा दुर्घटनामा कमी आएको जनाइएको छ । उक्त कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष विसं २०७४÷७५ मा चार हजार २३६ सवारी चालकलाई कारवाही गरी रु २३ लाख २४ हजार ५०० राजश्व सङ्कलन भएको थियो । आव २०७५÷७६ मा चार हजार ४५४ लाई कारवाही गरी रु २४ लाख ५९ हजार राजश्व सङ्कलन भएको थियो ।

चालु आवको मङ्सिर महिनासम्ममा कूल एक हजार ६२९ सवारी चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख अशोक खड्काले जानकारी दिए । उनले भने, ‘हाम्रो उद्देश्य भनेको राजश्व सङ्कलन गर्नेभन्दा पनि सवारी दुर्घटना रोक्ने हो, हामी त्यहीअनुसार काम गरिरहेका छौँ ।’

आव २०७४÷७५ मा सडक दुर्घटनामा परी ३० तथा आव २०७५÷७६ मा ११ जनाको मृत्यु भएको थियो । चालु आव २०७६÷२०७७ को कात्तिकसम्ममा चार जनाको मृत्यु भएको सो कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । त्यस्तै ट्राफिक प्रहरी बस्ने भवन र दरबन्दीअनुसारका ट्राफिक प्रहरी नहुँदा पनि ट्राफिक व्यवस्थापनमा निकै समस्या हुने गरेको कार्यालयले जनाएको छ ।

जनशक्ति अभाव डोटीमा मात्र नभई सुदूरपश्चिमका सबै जिल्लामा रहेको र क्रमिकरूपमा ट्राफिक प्रहरी सङ्ख्या थपिँदै जाने सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख तथा ट्राफिक प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए। उनले भने, ‘जनशक्ति अभाव छ, सबै जिल्लाका आफ्ना भवन छैनन्, तर पनि आफूसँग भएको जनशक्ति र स्रोतसाधनलाई पूर्णरूपमा प्रयोग गरेका छौँ, सेवा प्रवाहमा बाधा हुन दिन्नौँ ।’

ट्राफिक प्रहरीले जिल्लामा सञ्चालन गरेको ट्राफिक सचेतना अभियानअनुसार सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु बोक्ने, साथमा आवश्यक कागजात नभएका, मोटरसाइकलमा तीन जना सवार गर्ने, मदिरा सेवन गरी सवारी साधन चलाउने, सिट बेल्ट नबाँध्ने, लापरवाही गर्ने, नम्बरप्लेट नभएका तथा बिदाको दिन सरकारी सवारी साधन चलाउनेलाई कारवाही गरिएको ट्राफिक कार्यालय दिपायल डोटीले जनाएको छ ।

आवश्यकताअनुसार ट्राफिक प्रहरीको सङ्ख्या कमी भए पनि जिल्लाका मुख्य बजार बुडर, बिपीनगर, सानागाँउ, तिलताली, सिलगढी र दिपायल बजारमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए । उनले भने, ‘जनशक्ति अभाव हुँदा पनि जिल्लाका प्रमुख बजारमा ट्राफिक प्रहरी परिचालन गरिएको छ, सडक पुगेका जिल्लाका अन्य ग्रामीण क्षेत्रमा पनि विस्तारै परिचालन गर्ने योजनामा छौँ ।’

प्रतिक्रिया दिनुहोस