२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बादलभित्रको घाम’ साहित्य पुरस्कार पुडासैनी र अर्याललाई

अ+ अ-

काठमाडौँ । शमी साहित्य प्रतिष्ठानद्वारा स्थापित ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ दामोदार पुडासैनी ‘किशोर’ को कवितासङ्ग्रह ‘शहरबिनाको शहर’ र अम्बिका अर्यालको उपन्यास ‘अविश्रान्त’ कृतिलाई दिइने भएको छ । पुरस्कारको राशि एक लाख ११ हजार १११ छ ।

पुरस्कारका लागि विसं २०७५ मा प्रकाशित भएकामध्ये प्रतिष्ठानलाई प्राप्त ८४ कृतिमध्येबाट उत्कृष्ट पाँच हुँदै छनोट गरी ती दुई कृति पुरस्कृत गरिने भएको हो । स्तरीयता, मौलिकता, विधागतस्वरुप र राष्ट्रियता आदि आधारमा ती कृति छानिएको प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले जानकारी दिए । प्रतिष्ठानका संरक्षक एवं निबन्धकार डोलिन्द्रप्रसाद शर्माको निबन्ध सङ्ग्रह ‘बादलभित्रको घाम’ पुस्तकको बिक्रीबाट प्राप्त रकम अक्षयकोषमा राखी यसै वर्षदेखि उक्त पुरस्कार स्थापना गरिएको हो ।

पुडासैनीको कृतिमा मधेश तराई गाथा र अर्यालको कृतिमा नारीवादी तर आत्मिक प्रेम वर्णन भएकाले छनोट गरिएको पुरस्कार चयन समितिका संयोजक डा. देवीप्रसाद गौतमले उल्लेख गरे । पुरस्कृत ती दुईसहित उत्कृष्ट पाँचमा नरेन्द्रराज पौडेलको निबन्धसङ्ग्रह ‘आकाशको डर’, दिलीप शाहको कथासङ्ग्रह ‘चियर्स’, लक्ष्मण पौडेलको उपन्यास ‘सुनपानी’ परेका थिए ।

‘बादलभित्रको घाम’ पहिलो संस्करणमै १३ हजारप्रति र पुनः मुद्रण गरी १२ हजारप्रति प्रकाशन भएको थियो । पुरस्कारको अक्षयकोषमा रु ५० लाखसम्म जम्मा गर्ने लक्ष्यानुसार हालसम्म सो पुस्तक बिक्रीबाट रु १७ लाख हस्तान्तरण गरिएको छ । पुरस्कार आगामी फागुन १८ गते प्रदान हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस