२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनुषा बम विस्फोटका योजनाकार पक्राउ

अ+ अ-

धनुषा । धनुषामा एक प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु भएको बम विस्फोटका योजनाकार पक्राउ परेका छन् । प्रहरीले मुख्य योजनाकार मानेका आदम राइन पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा बम विस्फोटको करिब तीन सातापछि घटनाको मुख्य योजनाकारको आरोपमा पक्राउ परेका आदम राईन नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको केन्द्रीय सदस्यसमेत रहेको प्रहरीले जनाएको छ । राइनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

गत मङ्सिर २७ गते राति टाइम बम प्रयोग गरी घटना घटाउने मुख्य योजनाकारसहित नौजनाको पहिचान भइसकेको प्रदेश नं २ का प्रहरी प्रमुख प्रद्मकुमार कार्कीले बताएका छन् । महेन्द्रनगर बजारमा रहेको राजेश साहको घरमा टाइम बम राखेर विस्फोट गराइएको थियो । सो बम विस्फोटनमा परी प्रहरी निरीक्षक अमिरकुमार दाहालसहित घरधनी राजेश साह निजको छोरा आनन्द साह गरी तीनजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएको थियो ।

सो घटनामा साह बाबुछोराको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते भएका प्रहरी निरीक्षक दाहालको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि तीनजनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश नं २ संयोजक ५१ वर्षीया सीतादेवी महरा, केन्द्रीय सदस्य ४१ वर्षीया ललिता महरा र रामशोभित गाहा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस